मन्दिरको दान पेटिकाबाट पाँच लाख चोरी
शुक्रबार, ०७ माघ २०७३, १३ : ३५
गौशाला - महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेवको दान पेटिकाबाट गएराति रु पाँच लाखभन्दा बढी चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार जलेश्वर नगरपालिका–१ स्थित सो मन्दिरमा रहेको दान पेटिका फोरिएको थियो ।
स्थानीय बासिन्दाले रु पाँच लाख बढी भने पनि प्रहरीले दानपात्र सानो भएकाले त्यसमा त्यति रकम हुन नसक्ने जनाएको छ । चोरको खोजतलास भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय
-
काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई
-
‘कहाँबाट निम्ता आयो, कहाँबाट आएन भनेर गिर्नुपर्ने अवस्था आयो’
-
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र