नेपाली सेनाद्वारा भेरी करिडोर निर्माणमा तीव्रता
डोल्पा - सदरमुकाम दुनैसम्म सडक पु¥याउनका लागि भेरी करिडोरको निर्माण कार्यलाई तीव्र पारिएको छ ।
जाजरकोट–डोल्पा सडकखण्डको करिब ११८ किलोमिटर सडकमध्ये १०६ किलोमिटरको काम पूरा भइसकेको छ । डोल्पा–रुकुमको सीमावर्ती क्षेत्र त्रिवेणी बजारबाट दुनैसम्मको करिब १२ किलोमिटर सडकखण्डको ट्र्याक खोल्न बाँकी रहेको जाजरकोट–डोल्पा सडकखण्ड निर्माण कार्यदलका प्रमुख सेनानी विश्ववन्धु पहाडीले जानकारी दिए ।
बाँकी रहेको सडकखण्ड ठूला ठूला भिरपहरायुक्त भएकाले निर्माण कार्य अत्यन्तै जोखिमपूर्ण रहेको उनको भनाइ छ । पर्याप्त बजेटको अभाव हुँदा समयमै सडक निर्माण गर्न सकिने अवस्था छैन । आवश्यक बजेट विनियोजका लागि सरकारसँग आग्रह गरिएको छ । चालु आवमा सरकारले रु १७ करोड बजेट विनियोजन गरेको छ ।
डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न जाजरकोट, रुकुम र डोल्पाका ६ स्थानमा निर्माण बेस क्याम्प खडा गरेर काम अगाडी बढाइएको पहाडीले बताए । “आगामी आवमा आवश्यक बजेट प्राप्त भए एक वर्षभित्र ट्र्याक खोल्न सक्छाँै,” उनले भन्नुभयो । सेनाले अहिले त्रिवेणी, करोपगाड र खदाङमा सडक निर्माण गरिरहेको छ ।
नेपाली सेनाले जाजरकोट–रुकुमखण्डको ७८ किलोमिटर ट्र्याक निर्माण सम्पन्न गरी डोल्पा सिमानासम्म सडक जोड्न सफल भएको छ । गत साउनमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यको उद्घाटन गरेका थिए । जिल्लाको त्रिवेणीसम्म ट्र्याक खुलेपछि यातायातका साधन सञ्चालनमा आएका छन् । यसबाट डोल्पालीको जीवनस्तरमा सहजता आएको छ ।
त्रिवेणी बजारसम्म गाडी पुगेपछि तल्लो डोल्पाका कालिका, सर्मी, नर्कुलगायत गाविसका बासिन्दा लाभान्वित भएका छन् । “अब दुई दिनमै नेपालगन्ज पुग्न सकिन्छ, जहाज चढ्न विमानस्थलमा हप्ताँै कुर्नुपर्ने बाध्यता हटेको छ,” त्रिपुराकोट–२ का जयस उपाध्यायले खुशी व्यक्त गरे ।
यातायात सञ्चालनसँगै अब डोल्पालीलाई महँगो हवाईभाडा तिर्नुपर्ने बाध्यता केही हदसम्म कम भएको छ । दुनैसम्म सडक पुगे यहाँको विकासले तीव्र गति लिनेछ । यहाँका नागरिकको आर्थिक, राजनीतिक, सामाजिक चेतनासमेत वृद्धि हुने उपाध्याय बताउँछन्।
“दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध हुन थालेको छ, मूल्यमा पनि कमी आएको छ,” त्रिपुराकोटका–२ का पुरीप्रसाद हमालले भने । दुई दशक अगाडीसम्म यहाँका नागरिकलाई नेपालगन्जसम्म पुग्न महिनौँ हिँड्नु पर्ने बाध्यता थियो । बाटोघाटो सहज नहुँदा कयौँले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । अहिले डोल्पालीको जीवनशैलीमा परिवर्तन आएको छ ।
“बल्ल विकासको आभास हुन थालेको छ । अब हाम्रो आर्थिक अवस्थामा सुधार आउने विश्वास छ,” ल्हाँ गाविस– १ का लक्ष्मीकान्त उपाध्यायले भने– “सरकारले अघिल्ला आवसम्म पर्याप्त बजेट छुट्याएको भए सडक खन्ने कार्य सम्पन्न भइसकेको हुन्थ्यो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका ३४४ नेता पाँच महिनादेखि बेरोजगार !
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय