म्याग्दीको काभ्रेमा बाजा बज्ने ढुङ्गा....
म्याग्दी–दायातर्फ लस्करै मिलेर बसेको सानो काभ्रे गाउँ । तलपट्टी छङछङ गर्दै झर्ने रुप्से झरना र संसारकै गहिरो अन्ध गल्छी । पूर्व तर्फ सेताम्मे अन्नपूर्ण हिमाल र खोप्रा लेक । सुख्खा खरले ढाकेको भीर । माथि एउटा चुच्चो परेको ठूलो ढुङ्गा ।
त्यही ठूलो ढुङ्गामा रहेका स–साना ढुङ्गाका चुचुराहरु नौमति बाजा जस्तै बज्छन् । प्रकृतिले बरदानको रुपमा दिएको म्याग्दीको दाना गासिको १ र २ मा पर्ने काभ्रे गाउँ साँच्चै पर्यकीय दृष्टिकोणले अथाह सम्भावना बोकेको गाउँ हो ।
यहाँका मानिसहरु फरासिला छन् । गाउँ पनि सफा र सुन्दर । मगर जातिको बाहुल्यता रहेपनि क्षेत्र, गुरुङ, राई, लिम्बु, थकाली, तामाङ, दलित लगायतका जातजातिको बसोबास छ । त्यसैले पनि होला अनेकतामा एकता झल्किन्छ ।
झट्ट सुन्दा पत्याउनै गाह्रो हुन्छ ढुङ्गा पनि बाजा जस्तो बज्छ भन्दा । तर यो साँचो हो । पहिलो पटक सुन्दा मलाई पनि त्यस्तै भएको थियो । जब नौमति बाजा ढुङ्गामा पुगियो यथार्थ थाहा भयो । स्थानीय जनताहरु त्यसलाई नौमति बाजा ढुङ्गा भन्दा रहेछन् । त्यही ढुङ्गा हेर्नका लागि म, अमृत भादगाउँले, सुरेन्द्र राना(गुरिल्ला), दिनेशनारायण श्रेष्ठ बेनीबाट माघ १ गते काभ्रे पुगेका थियौ । त्यो ठाउँको यात्रा मेरो लागि नौलो थिएन् । रुप्से छहरा हुँदै त्यो बाटो धेरै पटक हिडिएको थियो । तर त्यही रुप्से झरनाको शिरमा रहेको नौमति बाजा बज्ने ढुङ्गा भने पुगेको थिईन् । गाउँबाट साढे दूई घण्टा भन्दा धेरै पैदल यात्रा गर्नुपर्छ भन्ने सुनेको थिए । तर, गाउँबाट आधा घण्टाको अवधिमा त्यहाँ पुग्न सकिनेरहेछ ।
अघिल्लो दिन बेनी–जोमसोम हाईवेमा रहेको बरुवाल होटलमा बस्यौ । भोलिपल्ट अर्थात माघ २ गते होटलका सञ्चालक गोविन्द बरुवालले हामीलाई त्यतातर्फ लगे । काभ्रे गाउँ हुँदै नौमति ढुङ्गातर्फ जाने सल्लाह भयो । गाउँमा पुग्दा स्थानीय हस्तबहादुर दाई, वडा अध्यक्ष नरबहादुर पुन लगायतका मानिसहरु हामीले आउने खबर जम्मा भईसकेका रहेछन् ।
हस्तबहादुर दाईले लोक्कल दुध खुवाए । खाटी लोक्कल दुध खान पाउँदा जिव्रोले नयाँ स्वादको आभाष पनि ग¥यो । स्थानीय कला र संस्कृति समेत हेर्ने कार्यक्रम भएपनि विशेष कारणवश त्यो सम्भव भएन् । गाउँमा काप्रो भन्ने अचार बनाउने मिल्ने प्रजाति धेरै फल्ने भएकोले गाउँको नाम काभ्रे राखिएको स्थानीयहरुले बताए । हामी छलफल गर्दै थियौ त्यहीबेला तुलप्रसाद गौचन आए । उनी स्थानीय शिक्षक समेत रहेछन् । उनले हामीलाई धेरै कुराको सहजीकरण गराए । आफुहरुले गाउँलाई होमस्टेको रुपमा अगाडि बढाउन चाहेको बताए ।
छलफल जारी राख्दै हामी नौमति बाजा ढुङ्गातर्फ लाग्यौ । मन निकै उत्साहित थियो ढुङ्गामा नौमति बाजा बजाउँन । अग्रपंक्तिमा स्थानीयहरु थिए, त्यसपछि दिनेश दाई र म त्यसपछि । हामीलाई लैजान गुरु सूर्य केसी, अमृत दाई त्यसपछि । खरले ढाकेको भीर, नाकले जोत्ने खालको उकालो थियो । उकालो कटेपछि रुप्से छहराको शिरमा पुगियो । रुप्से छङछङ आवाज मात्र थियो तर धेरै गहिराईमा भएकोले देख्न सकिएन । गाउँ चिटिक्क देखियो । तल अन्ध गल्छी देखा प¥यो । एकैछिन पछि थोरैमाथिबाट एकैछिन्मा आवाज सुनियो “गुन्न.... गुन्न....” साँच्चै नौमति बाजा जस्तै ।
झट्ट हेर्दा केही देखिदैन पुरै ढुङ्गा जस्तो । तर त्यहाँ विभिन्न आकार प्रकारका बाजा थिए, सोही अनुरुप बज्थे । उनले बाजा चिनाउँदै क्रमशः ट्यामकुली, ढोलक बजाउन थाले । दमाह, ढोलक र ट्याम्कुली दुरुस्तै सुनीने । स्वयम् त्यो स्थानमा नपुगेसम्म पत्याउनै गाह्रो हुन्छ । एकछिन त मलाई पनि यो केही होईन जस्तो लाग्यो । त्यही ढुङ्गामा रहेको अर्को चुचुरो बजाए बजेन ढुङ्गाको ट्याक्क आवाज आयो । अनि ट्याम्कुली जस्तै देखिने ढुङ्गा बजाए दुरुस्तै ट्याम्कुली बज्यो । अनि पत्याउन कर लाग्यो ।
स्थानीयहरु सहित हामी झन्डै १५ जना भन्दा धेरै थियौ त्यहाँ । स्थानीय शेरबहादुर पाईजाले नौमति बाजा ढुङ्गाको किंवदन्ती सुनाउन थाले । ‘परापूर्व कालमा त्यहाँ पूजा गर्ने बेलामा दर्शनेहरु(नौमति बाजा बजाउनेहरु)ले धेरै लामो समयसम्म बाजा बजाएपछि भगवान प्रशन्न भएछन् । त्यसपछि भगवानले के वर माग्छौ भाग भन्दा दर्शनेहरुले सुन मागेछन् । भगवानले त्यसो भए म रुप्से खोला एकैछिन् सुकाईदिन्छु भनेर खोला सकाएछन् । तिमिहरुले बञ्चरोले सुुनको ढिकमा एक पटक हान्नु जति आउँछ त्यति लगेर जानु भन्ने आदेश भएछ । खोला सुकेपछि दर्शनेले एकपटक बञ्चरोले हानेछन् सानो चोईटा आएछ । त्यसपछि मानिसको जात न हो लोभले गर्दा पुनः अर्कोपटक पनि बञ्चरोले हान्दा भगवान रिसाएछन् रुप्से खोला बौलाएछ । त्यहाँ सबै दर्शनेलाई बगाएछ तर नौमति बाजा भने त्यही रहेछ । पछि त्यो ढुङ्गामा तीनै नौमति बाजाहरुका स्वरुप रहेको हो ।’
पहिले सबै बाजाको वास्तविक आकार भएपनि अहिले बजाउँदै जाँदा सबै भाँचिएको उनीहरुले बताए । पहिले सानो लठ्ठीले हान्दा बज्ने भएपनि अहिले धेरै जोड्ले हान्नु पर्दोरहेछ । दमाह, ट्याम्कुली र ढोलक दुरुस्तै बज्दो रहेछ । अरु बाजा भने बजाउन सकिएन । साथीहरुले एकछिन सबै बाजा बजाउँदा एकातर्फ बडो आनन्द आयो अर्कोतर्फ भने अचम्मित पनि तुल्याएको थियो । गुरिल्ला नाँचिहाले बाजाको तालमा । एकछिन् नाँचगाँन चल्यो । हेर्दा सामान्य लाग्ने त्यस ढुङ्गामा धेरै कुरा लुकेको छ ।
त्यहाँ भन्दा केही माथि थनपति देवता रहेछन् । लामो समयसम्म पानी परेन भने त्यहाँ गएर पुजा आजा गर्ने, रुप्से खोलामा पानीमा खेल्ने हो भने साँझमा पानी पर्ने गरेको उनीहरुको भनाई थियो । त्यही ठाउँबाट पाईजा जातका राजा वस्थे । उनलाई बाघले लेखेटेको हुनाले म सत्य छु भने यहीबाट अलाप हुन पाउँ भनेको र त्यही ठाउँबाट अलाप भएको गाउँलेको मान्यता छ । सोही स्थानमा राजाथरी, राजाको पाईला र बाघको पाईला समेत रहेको छ ।
एकैछिनको नौमति बाजा ढुङ्गाको बसाईपछि यात्रा गाउँतर्फ नै फर्कीयो । गाउँका अधिकांश युवा बैदेशिक रोजगारमा भएपनि हामी गाउँमा पुग्दा भने धेरै युवाहरु गाउँमै भेटिए । उमेर २४ मा चलेका सुनील पुर्जा कतार पुगेर आएका रहेछन् । उनी फेरि विदेश जाने साेंचमा रहेछन् तर, हामीसँगको अन्तरक्रियापछि उनले विदेश नजाने निर्णय गरे । गाउँमै होमस्टेको विकास गरि आत्मनिर्भर बन्ने योजना बुने उनले ।
म्याग्दी र मुस्ताङको सिमा क्षेत्रका गाउँ भएपनि राज्यले आफूहरुलाई वेवास्ता गरेको गुनासो गरे स्थानीयहरुले । तुल प्रसाद गौचनले गाउँमा होमस्टे निर्माणका लागि मध्यमार्गीको भूमिका निर्वाह गर्न हामीलाई आग्रह गरे । गाउँको पर्यटन विकासका लागि धेरै समयसम्म छलफल भयो । खाना खानाका लागि तातोपानी आउने योजना थियो तर स्थानीयको जोडवलले त्यही खाना खाने निर्णय भयो । होमस्टे शैलीमा खाना आयो । मकैको ढिडो, सिस्नो र भाँगोको अचार, साग र भट्टको तरकारी, सिमिको दाल, लोक्कल भैसीको दुध । खानाको स्वाद र पस्कने शैली देखेर होमस्टे सञ्चालनका लागि तालिम नलिएपनि उत्कृष्ट भएको महसुस भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय
-
काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई