झापामा प्रथम स्वास्थ्य महोत्सवको तयारी पूरा
झापा - नेपालमै पहिलोपटक झापाको मेचीनगरमा आयोजना हुन लागेको ‘स्वास्थ्य महोत्सव’को तयारी पूरा भएको छ ।
यही माघ ८ देखि १४ गतेसम्म मेचीनगर–१२ मा सञ्चालन हुने सो महोत्सवमा नेपालका ख्यातिप्राप्त २५ वटा अस्पतालका विशेषज्ञ डाक्टरहरूले बिरामीको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएका छन् ।
महोत्सवमा बिरामीको निःशुल्क उपचार र निःशुल्क औषधि वितरणका साथै स्वास्थ्यका विषयमा विज्ञहरूबीच प्यानल छलफलसमेत गरिने भएको छ ।
महोत्सवको आयोजना नेपाली काँग्रेस, मेचीनगरले गरेको हो । महोत्सव अवधिभरमा २५ हजार सर्वसाधारणलाई स्वास्थ्य सेवा पु¥याउने लक्ष्य लिइएको आयोजक नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए ।
महोत्सवस्थलमा प्रवेशद्वार, पूर्जी काट्ने ठाउँ, बिरामी जाँच्ने ठाउँ, प्रयोगशाला, औषधि बाँड्ने ठाउँ, प्यानल डिस्कसन हुने मञ्च, सवारी पार्किङलगायतको छुट्टाछुट्टै व्यवस्थाका लागि अस्थायी संरचना निर्माण गरिएको छ ।
महोत्सवमा रु २५ लाख खर्च हुने मूल समिति संयोजक एवम् नेपाली काँग्रेस, मेचीनगरका सभापति ईन्द्र बुढाथोकी बताउँछन् । सबै खर्च स्थानीय सहयोगबाट जुटाइने र सरकारी निकायबाट एक पैसा पनि सहयोग नलिइएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका ३४४ नेता पाँच महिनादेखि बेरोजगार !
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय