मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

कुटनीतिक सम्बन्ध सडकमा उठाएर हुँदैन : मन्त्री महत

शुक्रबार, ०७ माघ २०७३, ११ : ००
शुक्रबार, ०७ माघ २०७३

चितवन - परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले कूटनीतिक सम्बन्ध सडकमा उठाएर नहुने भन्दै दुई देशबीच टेबलमा बसेर सल्टाउनु पर्ने बताएका छन् ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सडकमा गालीगलौज गरेर कूटनीतिक सम्बन्ध सुध्रिने होइन, बिग्रिने बताए । उनले भने “समर्थन र विरोध सडकमा गरेर कूटनीति चल्दैन ।”

छिमेकी देश चीन र भारतसँग कुटनीतिक सम्बन्ध सुमधुर हुँदै गएको भन्दै उनले खुल्ला सीमा, डुबान समस्यालगायतका कारण भारतसँग जति समस्या छन् चीनसँग नरहेको बताए । जहाँ बढी समस्या छ, त्यहाँ बढी छलफल हुने भएकाले भारतसँग नजिकजस्तो देखिए पनि दुवै देशसँगको सम्बन्ध समदुरीको रहेको उनको भनाई थियो ।

चीनतर्फको कोदारी नाका खोल्न चीन सरकार तयार रहेको भन्दै उनले केरुङलाई विस्तार गर्ने विषयमा पनि छलफल भइरहेको बताए ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका लागि छलफल गर्न सचिवस्तरीय संयन्त्रलाई पत्र लेखिसकिएको पनि उनले बताए ।

परराष्ट्रमन्त्री महतले गण्डक सम्झौता कार्यान्वयनका लागि दुई देशका बीचमा सहमति भइसकेको बताए । उनले माघ महिनाभित्र नेपाली पक्षले डिपिआर तयार गरी नहरको पुनःसंरचना निर्माण भारतीय पक्षले गर्ने सम्झौता भएको बताए । सो नहरबाट सम्झौताबमोजिम ४० हजार हेक्टर जमिन सिँचाई हुनुपर्नेमा २५ हजार हेक्टर मात्रै हुँदै आएको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप