दोश्रो उद्यमी सौन्दर्य मेला २०७३ हँुदै
काठमाडौँ – आगामी माघ १४ गतेदेखि १६ गते सम्म काठमाडौंमा दोस्रो उद्यमी सौन्दर्य मेला हुने भएको छ । त्रिपुरेश्वर स्थित युनाइटेड र्वल्ड टे«ड सेन्टरमा हुने मेलामा सौन्दर्य व्यवसायीहरुलाई नयाँ र गुणस्तरीय उत्पादनका साथै नयाँ प्रविधिबारे जानकारी दिइने बताइएको छ ।
मेला नेपालभरका महिला उद्यमीहरुले उत्पादन गरेका साम्रागीहरुको प्रवद्र्धन गर्न, अवलोकनकताहरुलाई स्वास्थ्य र सौन्दर्य सम्बन्धि विस्तृत जानकारी र सल्लाह दिन तथा स्वदेशमा उत्पादन भएका वस्तुहरुको बजारीकरण गर्न फलदायी हुने बताइएको छ ।
सौन्दर्यकला ब्यवसायी संघ, नेपाल (बिपान)ले नेपाल उद्योग बाणिज्य महासंघको ५० औं स्वर्ण जयन्तीको अवसरमा नेपाल उद्योग बाणिज्य महासंघसँगको सहकार्यमा मेला आयोजना गर्न लागेको हो ।
मेलामा सौन्दर्य सामाग्री उत्पादन कम्पनीहरु, जडिबुटीवाट उत्पादीत स्वदेशी सौन्दर्य सामग्रीहरु, आयातकर्ता, बिक्रेतालगायतको सहभागीता रहनेछ । कस्मेटिक र मेकअप, स्किन केयर, बडि केयरका सामग्रीहरु, पर्फयूम, हेयर केयर का उत्पादनहरु , व्युटी र हेयर केयर का उपकरणहरु , स्पा र वेलनेस उत्पादनहरु, हात र नङको हेरचाह गर्ने सामाग्री, प्राकृतिक उत्पादन, भिटामिन र मिनरल्स, सेम्पु, प्याकेजिङका सामग्रीका साथै कच्चा पदार्थ, हेल्थ एन्ड फिटनेस सामग्रीको प्रदशर्न गरिने छ ।
यस्तै मेलामा कार्यशालागोष्टी, पोष्टर प्रदर्शनी, फेसन सो हुनेछ । मेलामा सहभागीहरुको मनोरञ्जनका लागि साङ्गगीतिक कार्यक्रम समेत आकर्षणको रुपमा रहनेछ ।
६० वटा स्टल रहने मेलामा हालसम्म अधिकांश स्टलहरु बुक भइसकेको । सौन्दर्य ब्यवसायी संघका अध्यष कमला श्रेष्ठले जानकारी दिएकी छन् । मेलामा एक लाख अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार प्रतिवादी खोज्दा प्रहरीका बहालवाला इन्स्पेक्टर भेटिए
-
व्यक्तिगत इगो साध्न कारबाहीको सिफारिस गरे : सांसद चौधरी
-
अनुसन्धान केन्द्रबारे शिक्षामन्त्रीको चासो
-
अवैध पेस्तोलसहित एक युवा पक्राउ
-
आईपीएलको मेगा अक्सनमा बिक्री नभएका यी चर्चित क्रिकेटर !
-
कीर्तिपुरको मेयरबाट एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता, माओवादी केन्द्रलाई समर्थन