फेवा बैकको मुनाफा २८ करोड ५३ लाख
काठमाडौ –फेवा विकास बैंक लिमिटेडले आ.व. २०७३÷७४ को दोस्रो त्रैमासिकमा गत वर्षको सोही अवधीको तुलनामा ६५ प्रतिशतले वृद्धि गरेको छ ।बैैकले मुनाफा बृद्धि गरी रु. २८ करोड ५३ लाख आर्जन गर्न सफल भएको छ ।
सोही अवधीसम्म निक्षेपमा गत वर्ष सोही अवधीको तुलनामा २० प्रतिशतले वृद्धी गरी रु. १२ अर्ब ५९ करोड र कर्जातर्फ गत वर्ष सोही अवधीको तुलनामा २६ प्रतिशतले वृद्धी गरी रु.११ अर्ब १४ करोड पु¥याएको छ ।
बैंकको कर्जा निक्षेप तथा पूँजीकोष अनुपात ७८.१७ प्रतिशत र तरलता अनुपात २५.६७ प्रतिशत कायम रहेको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा पनि गत वर्षको तुलनामा अत्यन्तै न्यून रहेको प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जनाएका छन् ।
बैकले केन्द्रिय कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यास सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको जनाएको छ ।
पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्ने र गाभिने सम्बन्धमा नेपाल राण्ट्र बैकमा निवेदन दिइएकोमा नेपाल राष्ट्रबैकले सैद्धान्तिक सहमति दिइसकेको जनाइएको छ । बैकको हालै बसको सभाले नेपाल राष्ट्र बैंकको स्वकृति लिई काठमाडौं महानगरपालिमा स्थान्तरण गर्ने र मर्जर पश्चात चक्तापूँजी रु १ अर्व ८४ करोडकोे २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।