हेटौंडामा झडप, प्रहरीले चलायो पाँच राउन्ड अश्रुग्याँस (भिडियो)
बिहीबार, ०६ माघ २०७३, २० : २५
काठमाडौं– मकवानपुरको हेटौंडा नगरपालिका–१० राप्ती रोडमा प्रहरी र स्थानीय बासिन्दाको बीचमा झड्प भएको छ ।
सडक विस्तारको क्रममा एक्सकाभेटरले पेटी भत्काउन थालेपछि बाटोसँगै घर जोडिएको स्थानीयले प्रहरीलाई छतबाट ढुंगा हानेपछि झड्प भएको बताइएको छ ।
झडपमा ढुङ्गा प्रहार हुँदा प्रहरीतर्फ चार तथा सर्वसाधारणतर्फ पाँच–छ जना सामान्य घाइते भएको मकवानपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ । प्रहरीले भिड नियन्त्रणमा लिने क्रममा चार पाँच राउन्ड अश्रु ग्यास प्रयोग गरिएको जिल्ला प्रहरी कर्यालयले जनाएको छ ।
त्रिभुवन राजपथको भँैसेदेखि हेटौँडा उपमहानगरपालिकाको रातमाटे प्रहरी चौकी र हेटौँडा बजारको दुवैतर्फ तथा रापती सडकका दुवैतर्फ २५–२५ मि सडक विस्तार गर्ने क्रममा केही दिनअघि क्षेत्रीय सडक कार्यालयले १५ दिने सूचना जारी गरी घर भत्काउन आग्रह गरे पनि स्थानीयवासी ३२ जनाले बुधबार सर्वोच्च अदालतबाट माघ १२ गतेसम्म घर नभत्काउनू भनी अन्तरिम आदेश ल्याएकामा सोको पर्वाह नगरी आज घर भत्काउन सुरु भएपछि झडप भएको थियो । झडपपछि स्थानीयवासी र प्रशासनबीच समझदारी कायम गरेर मात्रै बाटो विस्तारको काम अघि बढाइने सहमति भएको प्रजिअ नारायणप्रसाद शर्माले जानकारी दिए। बाटो विस्तारका क्रममा उक्त क्षेत्रमा करिब दुई हजार आठ सय ६४ घर भत्काइनुपर्ने जनाइएको छ । स्थानीयवासीले भने मुआब्जा दिएर मत्र घर भत्काउनुपर्ने माग गर्दै आइरहेका छन् । झडपपछि आज अपराह्न ३ बजेदेखि साँझसम्म हेटौँडा बजार पूर्ण रुपमा बन्द भएको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार प्रतिवादी खोज्दा प्रहरीका बहालवाला इन्स्पेक्टर भेटिए
-
व्यक्तिगत इगो साध्न कारबाहीको सिफारिस गरे : सांसद चौधरी
-
अनुसन्धान केन्द्रबारे शिक्षामन्त्रीको चासो
-
अवैध पेस्तोलसहित एक युवा पक्राउ
-
आईपीएलको मेगा अक्सनमा बिक्री नभएका यी चर्चित क्रिकेटर !
-
कीर्तिपुरको मेयरबाट एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता, माओवादी केन्द्रलाई समर्थन