मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल बैंकले हकप्रद सेयर निष्काशन गर्ने

बुधबार, ०५ माघ २०७३, १७ : ५६
बुधबार, ०५ माघ २०७३

काठमाडौँ - नेपाल बैंक लिमिटेडको ५६ औँ वार्षिक साधारण सभाबाट पारित भएबमोजिम बैंकले आफ्ना सेयर धनीलाई १०ः२.३७४ अर्थात् १०० कित्ता सेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

सो हकप्रद सेयर निष्काशनका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद सेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गरी बैंक र क्यापिटल मार्केटबीच आज सम्झौता भयो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा सिभिल क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरे।

नेपाल बैंक लिमिटेडले प्रति सेयर १०० रुपैयाँका दरले एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी रु छ अर्ब ५० करोड रहेको छ भने हकप्रद सेयर निष्काशनपश्चात् बैंकको कुल चुक्ता पुँजी रु आठ अर्ब चार करोड हुनेछ । हाल चुक्ता पुँजीको ६२।२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।

नेपालको पहिलो उक्त बैंकले बंैकिङ प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरण गरी १३० वटा शाखामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप