अंग्रेजी र कम्प्यूटर शिक्षाका लागि अक्षयकोष
तेह्रथुम – तेह्रथुमको पूर्व ईवा गाविसस्थित रन्दल आधारभूत विद्यालयले अंग्रेजी माध्म र कम्प्यूटर शिक्षा संचालनका लागि अक्षयकोष संकलन अभियान तिब्र बनाएको छ । विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनमा आएपछि विद्यार्थीहरुको आर्कषण बढेसंगै यसलाई थप व्यावस्थापन गर्न विद्यालयले अक्षयकोष संकलन सुरु गरेको हो ।
विद्यालयले संचलान गरेको अभियानबाट हालसम्म २८ लाख भन्दा बढी रकम संकलन भएको छ । संकलित रकममध्ये आधाभन्दा बढि रकम दाताहरुबाट असुली हुन बाँकी रहेको बाताइएको छ । विज्ञान र प्रविधिमा विद्यार्थीहरुको आधारभूत, सैद्धान्तिक र व्यावहारीक ज्ञान हुनु जरुरी भएकाले विद्यालयमा कम्प्यूटर शिक्षा संचालन गर्नुपरेको विद्यालयले जनाएको छ । शैक्षिक सत्र २०७० साल देखि नै विद्यालयले २८ सयवाटको सोलार प्रविधि जडान गरि विद्यालयमा आधाभूत कम्प्यूटर शिक्षा संचलान गरिएको प्रधानाध्यापक जयप्रकाश ईङनामले बताए ।
उनले भने ‘आजको युग उच्च प्रतिशप्रर्धाको युग भएकाले विद्यार्थीहरु जुनसुकै ठाउँमा प्रतिशप्रर्धामा योग्य बनाउने अभिप्राय र अंग्रेजी भाषाको विश्वव्यापीकरणका साथै अभिभावकहरुको अंग्रेजी माध्यम प्रति आकर्षण र अभिरुचीलाई मध्यनजर गरेर शैक्षिक सत्र २०७१ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका र्हौ ’
विद्यालयले संचालन गरेको अक्षयकोष अभियानमा विद्यालयका संस्थापक, शिक्षक, कर्मचारी, स्थानीय अभिभावक, समाजसेवी, चन्दादाता तथा प्रवासी नेपालीहरु समेतले सहयोग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास
-
स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’