मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावितका लागि किनिएका ५० हजार बन्डल जस्तापाता यसरी भयो डम्प !

बुधबार, ०५ माघ २०७३, १३ : ३४
बुधबार, ०५ माघ २०७३

काठमाडौं – हाम्रो ‘सिस्टम’ कसरी चलेको छ ? बेला–बेला यसको उजागर हुने गर्छ । भूकम्पबाट भत्किएका विद्यालय र अस्पतालका लागि किनिएका जस्ता प्रयोगविहिन भएका छन् । त्यो पनि एक–दुई महिना होइन, १८ महिना भयो ।

–डेढ बर्ष अघि किनिएको ३ करोड मूल्य बराबरको ५० हजार बण्डल जस्तापाता प्रयोग नभई गोदाममा थन्किएका छन् । लामो समय स्टक राख्दा जस्तापाताको गुणस्तरमा ह्रास आएको छ ।

यो भयो कसरी, यो बुझ्ने कोशिष गरौँ

–भूकम्प गएको ३ महिनापछि तत्कालनि सुशिल कोइराला नेतृत्वको सरकारको मन्त्रीपरिषदको बैठकले शैक्षिक संस्था र स्वास्थ्य केन्द्रहरुको पुनर्निर्माणका लागि तत्काल ५० हजार बन्डल जस्तापाता खरिद गर्न निर्देशन दिएको थियो ।

–सरकारको निर्देशनपछि साल्ट ट्रेडिङ कर्पोरेशनले ३ वटा बैंकबाट ऋण लिएर भारतबाट ५० हजार बण्डल जस्तापाता खरिद गरेको थियो ।

–झन्डै १५ महिनादेखि कर्पोरेशनका बिरगंज, हेटौँडा र काठमाडौका गोदाममा जस्तापाता अलपत्र अवस्थामा छ ।

–साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठका अनुसार १ सय बन्डल हाराहारीको जस्तापाता बाहेक अरु सबै डम्प अबस्थामा छ ।

–श्रेष्ठका अनुसार बैंकबाट लिएको ऋणको ब्याज र भण्डारण गरिएको गोदामको भाडा मार्फत ३ करोड क्षति भएको छ । बैंकको ब्याज नै २ करोड पुगेको उनको भनाई छ । झन्डै ३ करोड खर्चेर किनेको जस्तापाताको पैसा साल्ट टे«डिङले पाएको छैन ।

–खरिद गरेको जस्तापाता ब्यवस्थापनका लागि कर्पोरेशनले सरकारलाई पटक पटक ताकेता गर्दा पनि कुनै प्रगति नभएको कर्पोरेशन प्रमुख श्रेष्ठले बताइन् । कर्पोरेशनले पटक पटक सरकारलाई लिखित पत्राचार गर्दा पनि यसको व्यवस्थापनका लागि सरकारले कुनै काम नगरेको उनको भनाई छ ।

‘सरकारलाई चिठी लेखेर पनि काम नभएपछि मन्त्री, सचिव, अरु पदाधिकारी भएका कार्यक्रममा जस्तापाता ब्यवस्थापन गर्नुप¥यो भन्दै हिँडेको छु, कराउनु मात्र भयो प्रगति केही भएन’ उनले भनिन् ।

–लिखित तथा मौखिक रुपमा सरकारलाई आग्रह गर्दा पनि सुनुवाई नहुँदा हैरानी पाएको कर्पोरेशनका एक पदाधिकारीले बताए ।

–सरकारले शैक्षिक संस्था र स्वास्थ्य संस्थाको पुनर्निमार्णका लागि जस्तापाता खरिद गर्न लगाएपनि अहिलेसम्म स्वास्थ्य संस्था तथा अस्पतालको स्थायी पुनर्निमाण शुरु भएको छैन ।

–यससम्बन्धि कार्यबिधी नै अझै स्वीकृत भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप