मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल–चीन थिंक ट्यांकसम्बन्धी सम्मेलन : सानातिना घटनालाई आधार मानेर आशंका नगर्न ओलीको आग्रह

मङ्गलबार, ०४ माघ २०७३, १८ : ४४
मङ्गलबार, ०४ माघ २०७३

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग सदस्य ह्वाङ योयोइसहित पूर्वाधार विकासका विज्ञहरु सम्मिलित सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गरेका हुन् ।

सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाल एक चीन नीतिको पक्षमा प्रतिबद्ध रहेको बताए । उनले नेपाल चीन सम्बन्धको आधार, विश्वास, चासो र पूर्वाधार विकासका रणनीतिबार उल्लेख गर्दै उनले नेपालले सधैं एक चीन नीतिलाई दृढताका साथ अवलम्बन गर्दै आएको स्पष्ट पारे ।

अध्यक्ष ओलीले सानातिना घटनालाई आधार मानेर आशंका नगर्न चिनियाँ टोलीलाई आग्रह पनि गरे ।

अध्यक्ष ओलीले नेपालमा संविधान जारी भएकाले विकासको नयाँ आयाम शुरु भएको तर्क गरे ।

उनले नेपालले आगामी वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न गरेर आर्थिक समृद्धितर्फ अघि बढ्ने विस्वाससमेत व्यक्त गरे ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले चीनले नेपालको आर्थिक विकास र विकास निर्माणमा देखाएको साझेदारी महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व परराष्ट्र मन्त्री कमल थापाले चीन र नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध मजबुद रहेको स्पष्ट पारे ।

उनले चीनले विश्वव्यापी प्रजातन्त्रको मान्यतालाई आत्मसात गरेको पनि उल्लेख गरे ।

अध्यक्ष थापाले नेपालले चीनसँग समेत पारबाहन र व्यापारीक सम्बन्ध राख्न सक्नुपर्नेमा पनि जोड दिए । नेपालमा पारबहनमा समस्या आउनेबित्तिकै भारतलाई मात्र गाली गर्ने परम्पराको अन्त्य गरेर चीनसँगको सम्बन्ध मजबुद बनाउनुपर्ने उनको भनाई थियो ।

नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले नेपालले चीनसँगको सम्बन्धको अधिक उपयोग गर्नुपर्ने बताइन् । उनले नेपालले चीनसँग व्यापारिक सम्बन्ध मजबुद बनाएर आर्थिक उन्नती गर्नुपर्ने धारणा राखिन् ।

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपालको विकास निर्माणमा चीनको साझेदारी महत्वपूर्ण रहेको बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग सदस्य ह्वाङ योयोइले चीनले नेपालको विकास निर्माण दुई पक्षिय सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले आफ्नो देशबाट लिनसक्ने फाइदा धेरै रहेकाले राजनीतिक वातावण बने नेपालले चीनबाट आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा फड्को मार्न सक्ने धारणा राखे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा दुई देशबीचको सम्बन्धको आधार, विस्वास, चासो र पूर्वाधार विकासबारे छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप