बैंकरलाई बोलाएर अख्तियार प्रमुखले भने, ‘ऋणीलाई टाट पल्टाउने मनोविज्ञान गलत’
काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दिप बस्न्यातले मंगलबार बैंक तथा वित्तिय संस्थाका पदाधिकारीहरुलाई बोलाएर ऋण प्रवाह र असुलीका नाममा भइरहेको वित्तिय अनुशासनहिनता तत्काल रोक्न निर्देशन दिएका छन् ।
अख्तियार परिसरमा आयोजित कार्यक्रममा बस्न्यातले ऋण प्रवाह र असुलीका नाममा भइरहेको वित्तीय अनुशासनहिनताका कारण राष्ट्रिय अर्थतन्त्र नै प्रभावित हुने हुँदा यस्तो प्रवृत्तिमाथि अंकुश लगाउन आवश्यक भएको बताए।
ऋण दिँदा लिँदा आफू खुशी शर्तहरु निर्धारण गर्ने र ग्राहकहरुमाथि लाद्ने प्रवृत्ति हावी हुँदा बैंक तथा वित्तीय संस्थाहरुले तय गर्ने कार्यविधिमा एकरुपता कायम हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘ऋणीहरुलाई टाट पल्टाउने मनोविज्ञानबाट बैंक तथा वित्तीय संस्थाहरु मुक्त हुनुपर्छ ।’
‘भाषणमा ग्राहकहरुको हित सम्वर्द्धनको चर्को कुरा गर्ने तर व्यवहारमा टाट पल्टाउने प्रवृत्ति अख्तियार गर्ने दोहोरो भूमिकाबाट बैंक तथा वित्तीय संस्थाहरु टाढा रहनु पर्छ’उनले भने । ‘बैंक तथा ग्राहकबीचको लेनदेनको विषय ऋण असुलीन्यायाधिकरणद्वारा फैसला भइसकेपछि पनि मिलापत्र गर्नु आफैमा कति वाञ्चित हुन्छ रु वित्तीय अनुशासन कायम गर्ने सिलसिलामा नेपाल राष्ट्र बैंकको भूमिका प्रभावकारी देखिएको छैन ।’
अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गर्ने र असुलीमा बेवास्ता गर्ने मनोवृत्तिका कारण बैंक तथा वित्तीय संस्थाहरु धरासायी हुने गरेको उल्लेख गर्दै कार्यबाहक प्रमुख आयुक्त बस्न्यातले नियमनकारी अंगका रुपमा नेपाल राष्ट्र बैंकलाईयसतर्फ आफ्नो सुपरीवेक्षण र अनुगमन कार्यलाई तिव्रता दिन निर्देशन दिए । बैंक तथा वित्तिय क्षेत्रमा नियन्त्रण र सन्तुलनको अवस्था कमजोर रहेको तथ्य औंल्याउँदै उनले भने, ‘ग्राहकहरुको विश्वास आर्जन गर्ने ढंगबाट वित्तिय कार्यविधी सञ्चालन गर्नु जरुरी देखिन्छ ।’ बस्न्यातले बैंकिङ क्षेत्रका कारोवार, वित्तिय अराजकता र ऋण प्रवाह तथा असुलीमा भएका असमान ब्यवहारलाई लिएर आयोगमा उजुरीको चाङ बढेको हुनाले आयोग यस्तो विषयमा रहरले नभई बाध्यातावश प्रवेश गरेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?