मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

नयाँ वर्ष २०१७ सँगै हिमालय एअरलाइन्स्को नयाँ योजना

मङ्गलबार, ०४ माघ २०७३, १८ : ०९
मङ्गलबार, ०४ माघ २०७३

काठमाडौ –हिमालय एअरलाइन्स्ले यहि जनवरी महिना भित्र आफ्नो दोश्रो नयाँ एअरबस ३२०–२१४ ल्याएपछि थप दुई नयाँ गन्तब्यहरुमा उडान सेवा सञ्चालन गर्ने भएको छ ।

एअरबससँग लामो समय सम्मको लागि ड्राइलीजमा लिन लागेका थप नयाँ विमानको आगमनसँगै एअरलाइन्सले क्वाललाम्पुर र मलेशियामा आगामी माघ २८ बाट उडान भर्ने भएको छ । त्यस्तै याङगुन, म्यानमारमा फागुन १३, २०७३ देखि उडान सेवा सञ्चालन गर्न लागेको छ एअरलाइन्सले जनाएको छ ।

नाइन एन एएलभी नेपाली रजिष्ट्रेसन नम्बर रहेको उक्त नयाँ एअरबस ३२०–२१४ विमानमा १५८ इकोनोमिक्लास सिट क्षमताको छ । एअरलाइन्स्ले आफ्नो कार्यकालको दोश्रो वर्षमा नै दोश्रो विमान थप्न लागेको हो । त्यस्तै २०१७ साल भित्र थप दुई विमान थप्ने योजना बनाएको कम्पनीले जनाएको छ । आफ्ना यात्रुहरुलाई आन्नददायि यात्राको अनुभव दिलाउनका लागि एअरलाइन्स्ले नयाँ विमानमा आरामदायी सीटहरु, नविनतम भिडियोका साथै सँगीतद्धारा इन फ्लाइट इन्टरटेनमेन्ट दिने जनाएको छ ।

योजनाअनुसार एअरलाइन्स्ले हप्ताको पाँचदिन क्वालालम्पुर, मलेशिया र हप्ताको दुई दिन याङगुन,म्यानमार उडान सञ्चालन गर्ने छ । एअरलाइन्स्ले कार्नीभल ट्राभल्स एसडीएन एचवीएचडी माइ गोल्डन लाइन एभिएसन प्राली लाई क्रमशःमलेशिया र म्यानमारको लागि जेनरल सेल्स एजेन्ट छनौट गरेको छ ।

जेनरल सेल्स एजेन्टको रुपमा यिनीहरुले एअरलाइन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछन् ।

एअरलाइन्सले काठमाडौ–क्वालालम्पूर–काठमाडौको लागि शुरुवाती टिकट दर रु. २५,३७५ (राउण्ड ट्रिप) र क्वालालम्पूर (काठमाडौ-क्वालालम्पूरको लागि एमवाईआर ९२८ (राउण्ड ट्रिप) कायम गरेको छ । त्यसैगरी काठमाण्डौ(याङगुन(काठमाण्डौको लागी रु.२९,६००÷–(राउण्ड ट्रिप) र याङगुन(काठमाण्डौ(याङगुनको लागी युएसडी ३२० (राउण्ड ट्रिप) कायम गरी उक्त्त टिकट दरमा सरकारी कर लागु हुने जानकारी गराएको छ । दोहा र कोलोम्बो सँगै क्वालालम्पुर र याङगुन जोडिए पछि एअरलाइन्स्ले एसीयाली क्षेत्रहरुमा आफ्नो सञ्जाललाई विस्तार एअरलाइन्सका भाइस प्रेसिडेन्टश्री विजयश्रेष्ठले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप