अब किताव अभाव हुदैन : शिक्षा मन्त्री
मङ्गलबार, ०४ माघ २०७३, १४ : २९
काठमाडौं – शिक्षा मन्त्रालयले विद्यालय तहको पाठ्यपुस्तक समयमै उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
शिक्षा मन्त्री धनिराम पौडेलले नयाँ शैक्षिक सत्र सुरु हुन अघि नै पाठ्यपुस्तक सम्बन्धित विद्यालयसम्म पु-याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका हुन् ।
संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको मंगलबार बसेको बैठकमा वर्षेनी पाठ्यपुस्तक अभाव हुने गुनासोप्रति सचेत गराएपछि मन्त्री पौडेलले समयमै पाठ्य पुस्तक उपलब्ध गराउने गरी कार्ययोजना बनाएर अघि बढेको स्पष्टिकरण दिएका हुन् ।
मन्त्री पौडेलले फागुन १ गते भित्रै पाठ्यपुस्तक सम्बन्धित विद्यालयले पाउने गरी छपाईको कामलाई तीव्रता दिन जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिइएको समेत जानकारी गराए । उनले निजी क्षेत्रलाई समेत छपाईको काम दिने विगतको परम्परालाई पनि निरन्तरता दिने स्पष्ट पारे ।
सरकारले पुस्तक छपाईको कामलाई अघि बढाउने कार्ययोजना बनाएपनि वितरणको कामको जिम्मा भने कसलाई दिने भन्ने टुंगो लगाउन सकेको छैन । शिक्षा मन्त्रालयले विद्यालय तहका ७९ लाख ११ हजार ९ सय ६६ वटा पाठ्य पुस्तक स्टकमा रहेको र आवश्यक पुस्तकको छपाईको काम सकिने वित्तिकै वितरणको कामलाई तीव्रता दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान