मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

मन्त्रीपरिषद् विस्तारमा आयो ‘पोर्टफोलियो’ को समस्या

मङ्गलबार, ०४ माघ २०७३, ११ : १७
मङ्गलबार, ०४ माघ २०७३

काठमाडौं–उर्जा सम्मेलनम सकेर प्रधानमन्त्री स्वेदश फर्किएपछि मन्त्रीपरिषद् विस्तार हुने बताइएको थियो । के चाडै नै मन्त्रीपरिषद् विस्तार हुँदैछ ?

प्रधानमन्त्री निकट स्रोतका अनुसार चौथो ठूलो दल राप्रपालाई उपप्रधानमन्त्रीसहित थप तीन मन्त्रालय, फोरम लोकतान्त्रिकलाई उपप्रधानमन्त्री दुई र अन्य साना दुई दललाई समेटेर मन्त्रीपरिषद् विस्तारको तयारी भएको छ ।

तर, स्रोतका अनुसार उपप्रधानमन्त्रीको पोर्टफोलियको विषयमा भने समस्या हल भएको छैन । मन्त्रीपरिषद् विस्तारमा राप्रपा अध्यक्ष कमल थापाले दोस्रो बरियता खोजेका छन् । त्यसै गरी पटक–पटक उपप्रधानमन्त्री भएको भन्दै फोरम अध्यक्ष गच्छदारले पनि बरिष्ठ उपप्रधानमन्त्री माग गरेका छन् ।

स्रोतका अनुसार अहिले काँग्रेसबाट उपप्रधानमन्त्री भएका बिमलेन्द्र निधि प्रधानमन्त्रीपछि दोस्रो बरियतामा आफु रहनेसहित उपप्रधानमन्त्री हुनुपर्ने अडानमा छन् । निधिको यो अडानले थापा र गच्छदारलाई सरकारमा लैजान कठिनाई भैरहेको र विकल्पको खोजि भैरहेको स्रोतको भनाई छ ।

अहिले निधिबाहेक माअ‍ोवादी केन्द्रका नेता कृष्णबहादुर महरा उपप्रधानमन्त्री एव्म अर्थमन्त्री छन् । संसदको सवैभन्दा ठूलो दल भएकाले थापा र गच्छदार सरकारमा सहभागी भए चार जना उपप्रधानमन्त्री हुनेछन् ।

मन्त्रीपरिष्द विस्तारमा समाजवादी पार्टीका नेता प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका कुमार खड्कालाई पनि मन्त्री बनाउने तयारी भएको छ ।

संसदमा पेश भएको संविधान संसोधन प्रस्तावलाई पारित गराउन सत्तारुढ दल काँग्रेस र माओवादीले मन्त्रीपरिषद् विस्तारको योजना अगाडि सारेका हुन् । राप्रपा र फोरम लोकतान्त्रिको समर्थन रहे आफ्नो प्रस्ताव पारित गराउन सम्भव हुने सरकारको बुझाई छ । तर, राप्रपा र फोरम दुवैले अहिलेको संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप