मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा २६ व्यक्तिलाई मृत्युदण्ड

सोमबार, ०३ माघ २०७३, १८ : २१
सोमबार, ०३ माघ २०७३
ढाका p बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । सन् २०१४ को अप्रिलमा नारायणगञ्ज नगरमा सात व्यक्तिको अपहरण तथा हत्याको भएको मुद्दामा सुनुवाइ गर्ने न्यायाधीशले ३५ प्रतिवादीलाई दोषी ठहर गरेका छन् । यस सुनुवाइमा बङ्गलादेशमै चासो दिइएको थियो । नारायणगञ्जमा एक वर्षसम्म चलेको यस सुनुवाइपछि न्यायाधीश सयद इनायत हुसेनले २६ व्यक्तिलाई झुण्ड्याउन तथा नौ व्यक्तिलाई सात देखि १७ वर्षसम्म कारागारमा राख्न आदेश दिनुभएको छ । प्रत्यक्षदर्शीले नगरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर सात व्यक्तिलाई नम्बर नभएको एक गाडीमा बाँधिएको अवस्थामा देखिएको सूचना दिएको तीन दिनपछि उनीहरूको शव नदीमा तैरिएको अवस्थामा फेला परेको थियो । मृत्युदण्डको आदेश पाउनेमा ‘‘¥यापिड एक्सन बटालियन’’ का कमान्डर तथा प्रधानमन्त्री सेख हसिनाको मन्त्रिपरिषदका एक सदस्यका ज्वाइँ तारेक सइद पनि परेका छन् । सरकारी वकिलहरूले सुनुवाइमा नारायणगञ्जमा स्थानीय परिषद् सदस्य तथा हसिनाको अवामी लिगका सदस्य नुर हुसेनले आफ्ना प्रतिद्वन्द्वी नजरुल इस्लाम तथा उनका चार सहयोगीलाई मार्नका लागि ‘‘¥यापिड एक्सन बटालियन’’ का अधिकारीहरूलाई भाडामा लिएको विषयमा जानकारी दिएका थिए । क्रिकेट मैदानबाहिर अपहरणको भिडियो आफ्नो मोबाइल फोनमा खिच्ने एक वकिल तथा निजको चालक पनि पछि अपहरणमा परेका थिए । यी सातै व्यक्तिको हत्या गरिएको थियो र उनीहरूको शव नगरबाहिर शितलक्ष्य नदीमा बगाउनु अगाडि उनीहरूको पेट काटिएको थियो । सोमबार मृत्युदण्डको आदेश पाउनेमा हुसेन पनि परेका छन् र उनी हत्यापछि भारततर्फ भागेको थिए । पछि उनलाई कोलकाटामा पक्राउ गरि हस्तान्तरण गरिएको थियो । अदालतबाहिर वादीका वकिल शखवात हुसेनले आफूहरूले अन्त्यमा न्याय पाएको र सन्तुष्ट भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप