मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

अध्यक्ष थापाको नेतृत्वमा ५०१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन

सोमबार, ०३ माघ २०७३, १८ : १६
सोमबार, ०३ माघ २०७३

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी एकता महाधिबेशन मूल आयोजक समिति गठन गरेको छ । ५०१ सदस्यीय समितिमा राष्ट्रिय अध्यक्ष श्री पशुपति शम्शेर राणा, बरिष्ठ नेताहरु सर्वश्री लोकेन्द्र बहादुर चन्द, विश्वबन्धु थापा र डा. प्रकाशचन्द्र लोहनी सदस्य रहेका छन् ।

यसै गरी पार्टी केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, साँसदहरु, जनवर्गिय संगठनका केन्द्रीय सभापतिहरु, बाग्मती अंचलका पार्टीका जिल्ला अध्यक्षहरु सदस्य रहनु भएको छ । समितिको सदस्य सचिवमा पार्टीका महामन्त्रीहरु टंक ढकाल र विक्रम पाण्डे रहेका छन् ।

राप्रपाको एकता महाधिवेशन २०७३ फाल्गुन ६-९ गते काठमांडौमा हुंदैछ। धुम्बाराहीमा बसेको आजको बैठकले विभिन्न ११ उपसमिति पनि गठन गरेको छ ।

जसअनुसार उपाध्यक्ष दिपक बोहराको संयोजकत्वमा आर्थिक समिति, उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा मंच तथा बैठकस्थल व्यवस्था समिति, उपाध्यक्ष बुद्धिमान तामाङ्गको संयोजकत्वमा आमसभा व्यवस्थापन समिति, उपाध्यक्ष हरिनारायण यादवको संयोजकत्वमा भोजन व्यवस्था समिति, उपाध्यक्ष प्रतिभा राणाको संयोजकत्वमा स्वागत समिति, महामन्त्री टंक ढकालको संयोजकत्वमा कार्यक्रम तथा व्यवस्थापन समिति, महामन्त्री धुव्रबहादुर प्रधानको संयोजकत्वमा विदेशी अतिथि स्वागत तथा व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र लिङ्गदेनको संयोजकत्वमा प्रचार प्रसार समिति, महामन्त्री विक्रम पाण्डेको संयोजकत्वमा स्वयंसेवक समिति, महामन्त्री डा.धवलशम्शेर राणाको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम समिति, महामन्त्री नरेन्द्र चौधरीको संयोजकत्वमा झाँकी व्यवस्था समिति गठन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप