मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

कांग्रेस सभापति देउवाले भने, 'खाली पद पाइँन कही कतै भाग पाइँन नभन्नुहोला’

सोमबार, ०३ माघ २०७३, १८ : ११
सोमबार, ०३ माघ २०७३

पोखरा - नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले व्यक्तिको नभई पाटीको चिन्ता गर्न कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस कास्कीद्वारा सोमवार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता देउवाले सो आग्रह गरेका हुन् ।

कास्की कांग्रेसका वक्ताहरुले पार्टीमा गुट उपगुट भएको र आफूहरु को नेताको पछाडि लाग्ने भन्ने चिन्ता भएको बताउँदै सभापति देउवा समक्ष म वादको कुरा गरेपछि उनले व्यक्तिवादी चिन्तन छोडेर पार्टीवादी चिन्तन वाकेर हिड्न सुझाएका हुन् ।

नेपाली काग्रेसको केन्द्रीय समिति जम्मा ८१ सदस्यीय रहेकोले केन्द्रमा सबै पर्ने सम्भावना नरहेको बताउँदै उनले काम गर्ने व्यक्तिलाई पदको जरुरत नपर्ने बताए ।

‘तपाइँहरु जिल्ला स्तरमा काम गर्नुस जनताको मन जित्नुस् त्यो नै तपाईहरुको विजय हुनेछ । अन्यथा खाली पद पाइँन कही कतै भाग पाइँन भन्नु कमजोरी मानसिकता हो,’ नेता देउवाले भने ।

उनले एक वर्ष भित्र देशमा तीनवटा निर्वाचन सम्पन्न गर्ने दायित्व रहेको वताउँदै निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

'पार्टी भित्रको आन्तरिक निर्वाचनमा भएको जित हारको विषयलाई इश्यु वनाएर खाली मेरो कपाल दुखाउने काम तपाईहरुले नगर्नूस्' सभापति देउवाले भने ।

नेपालको संविधान संशोधनको विषयमा नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोईराला र एमाले अध्यक्ष केपी ओलीका बीचमा पहिल्यै भएको संम्झौता अनुसार नै संशोधनको प्रक्रियामा रहेको नेता देउवाले बताए । देशमा संविधानको विषयलाई लिएर मधेशी र पहाडी बीचमा फाटो ल्याउने षडयन्त्र भएको वताउँदै उनले त्यसको लागि सतर्क रहनुपर्ने वेला आएको बताए ।

पूर्व सभामुख एवं महामन्त्री तारानाथ रानाभाटले देशमा पछिल्लो समयमा निष्ठाको राजनीति हरण भएको बताउँदै नेताहरु इमान्दार हुनु पर्ने बताए । उनले नेताहरुको वेईमानीका कारण लोकतन्त्र खतरामा पर्न सक्ने संकेत गरे ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभापति शुक्रराज शर्मा, सांसद यज्ञवहादुर थापा, कांग्रेस नेता खेमराज पौडेल, कोपिला रानाभाट,उपाध्यक्ष हरि आचार्य र सचिव रामराज लामिछाने लगायतले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप