तेलमा त्रिपक्षीय झेल : प्रत्येक चेम्बरमा ६० लिटर कम
रौतहट– नेपाल आयल निगममा बर्षौदेखि हुदै आएको संस्थागत भ्रष्टाचारका कारण देशभरका पेट्रोल पम्प व्यवसायी शंकटमा परेका छन् । आयल निगमको अमलेखगंज डिपो,नापतौल बिभाग बिरगंज तथा पेट्रोलियम डिलर एसोशियसनका जिम्मेवार व्यक्तिको मिलोमतोमा भइरहको संस्थागत भ्रष्टाचार नियन्त्रणमा सम्वन्धीत मन्त्रालयले समेत चासो देखाएको छैन । व्यवसायीहरुका अनुसार आयल निगम, नापतौल र एशोसिएसनका पदाधिकारीकै मिलेमत्तोमा निगमको डिपोबाट व्यवसायीको पम्पसम्म पुग्दा प्रत्येक एक ट्याङकरमा ५० लिटर सम्म घटेर पुग्छ ।
प्रत्येक चेम्बरमा ५० लिटर नपुग
निगमले व्यवसायीलाई वितरण गर्ने पेट्रोलमा ४० देखि ५० लिटर कम हुन्छ भने डिजेलमा २५ देखि ३५ लिटर कम हुने गरेको व्यवसायीहरुको भनाई छ । प्रत्येक पटक पेट्रोलिय पदार्थ आफ्नो पम्पमा झर्दा यति धेरै नोक्सानी खेप्नुपर्ने भएका कारण धेरै व्यवसायीहरु पलायन भएका तथा कतिपय निगमका अधिकृत बिक्रेताहरुले पेट्रोल नै बेच्न छोडिसकेका छन् ।
पछिलो एकदशक देखिको यस्तै नियतिका कारण हजारौं ब्यवसायी न्याय खोज्दै विभिन्न निकाय धाएपनि उनीहरुलाई साथ दिन कोही तयार छैन ।
निगमका कर्मचारीकै मिलेमत्तोमा भइरहेको यस्तो अनियमितताबारे अनुगमन गर्नुपर्ने नापतौल विभाग पनि उसैका पछाडी दौडिरहेको छ । नारायणी अञ्चलको जिम्मा पाएको नापतौल बिभाग बिरगंजले अन्यायबिरुद्ध आवाज उठाउन खोज्ने ब्यवसायीलाई ठाँउका ठाँउ दबाउने धम्की दिन पछि परेको छैन ।
निगमले दिने पेट्रोल या डिजेल कम हुन्छ भन्ने देशभरका व्यवसायीलाई नै थाहा छ । यो विषयमा पेट्रोलियम डिलरका जिल्ला देखी केन्द्र सम्मका प्राय. सबै बैठकहरुमा कुरो उठ्ने नगरेको पनि होईन । तरपनि ठोस समाधानका लागि अहिलेसम्म कसैले पहल गरेको छैन । डिलरका जिल्ला अध्यक्ष र केन्द्रीय अध्यक्षहरु प्राय निगमका प्रमुख र नापतौलका प्रमुखको नजिकमा हुने गरेकाले उक्त समस्या सर्वसाधारणलाई मात्र हुने गरेको बताईन्छ ।
डिजल र पेट्रोल ब्यवसायीहरु भन्छन्,
–डिजेल र पेट्रोल टयांकरको माध्यमबाट रक्सौल डिपोबाट आयल निगम अमलेखगंजमा आउने गर्दछ ।
–रक्सौलबाट भित्र्याइएका डिजेल पे«टोल निगममा अनलोडगरी पुन.ं नापजाँच गरेर मात्र निगमका अधिकृत डिलरलाई पठाउनुपर्ने हुन्छ तर कहिल्यै त्यसरी नापजाँच गरिदैन ।
–ट्याङकर ब्यवसायी र एनओसी कन्ट्रयाक्टबाट भाडामा निगमले लिएका टयांकरमार्फत ढुवानी भएर आउने तेलको घटबढको जिम्मेवारी समेत निगमले लिनुपर्दछ । तर निगमले त्यसो नगरी रक्सौलबाट ढुआनी भएर आउने डिजल पेट्रोल नापजाँच नगरी सिधै बिल काटेर अधिकृत डिलरमा पठाउने गर्दछ ।
– यसरी आउने ट्यांकरको प्रत्येक तीनहजार लिटर पेट्रोलमा ४० देखी ६० र डिजलमा २५ देखि ३५लिटर सम्म घटी हुने गर्दछ ।
–निगमले करारमा लिएर ढुवानीमा प्रयोग भएका टं्याङकरको निश्चित समयमा क्षमता जाँच गर्नुपर्नेमा निगमले त्यसो नगरी पावर र पँँहुचको आधारमा प्रयोग गरिरहेको छ । नापतौल बिभागले ब्यवसायीलाई मात्र निगरानीमा राख्ने तर निगमलाई कहिल्यै वास्ता नगर्ने भएकाले निगमभित्र तेल लिने र दिने छुटाछुटै मिटरको प्रयोग हुने गरेको चर्चा समेत चल्ने गरेको छ ।
यस्तै समस्या बर्षौदेखि भोग्दै आएका रौतहट शिवनगरस्थित आदर्श आयल स्टोरका संचालक एवं पेट्रोलियम डिलर एसोसियशन रौतहटका सचिव रामजी प्रसाद साह थोरै तेल आएकोबारे समस्या समाधानका लागि पटक पटक संघको बैठक र आयल निगममा समेत गुनासो गरेपनि कसैले वास्ता नगरेको बताउँछन् ।
लामो समयदेखि प्रति टंयांकर दुईसय लिटर सम्म तेल कमी हुनु र बेच्दा पुरै दिनुपर्ने बाध्यताले तेलको ब्यापार छोड्ने तरखरमा रहेको सचिव साहको गुनासो छ ।
सचिव साहमात्र होईन, कटहरीयास्थित जयश्रीराम आयल निगमका सञ्चालक एवं एसोसिएशनका सदस्य श्याम सिंह पेटेल पनि घाटा बेहोर्न नसकेका कारण पछिल्लो केही समयदेखी पेट्रोल नै बेच्न छोडेको बताउँछन् ।
यस्तै गरुडास्थित किशोर आयलका सञ्चालक नन्दकिशोर प्रसास साह एकमहिना अघि नाप तौल तथा गुणस्तर बिभाग बिरगंजमा तेल थोरै भईरहेको भन्दै गुनासो गर्न पुगे । नापजाँचका लागि लिखित निवेदन दिएकोे १५दिन पछी नापतौल बिभागका प्रमुख राकेश कुमार झासहित टोली त आयो तर उल्टै पम्पको मेजरमेन्ट विगारेर गयो ।
कुनैपनि अधिकृत बिक्रेताको पम्प जाँचगर्ने समयमा एकजना डिलरका प्रतिनिधी राख्नुपर्ने अनिवार्य व्यवस्था भएपनि त्यसो नगरी आफुखुशी आउने र नापजाँचको नाटक गर्ने गरेको व्यवसायीको भनाई छ ।
साह भन्छन् ‘नापतौल प्रमुख झा दादागिरी शैलिमा आए । र आफुले त्यसमा असहमति जनाउदा प्रहरी बोलाउछु, थुनाई दिन्छु जस्ता धम्की दिदै पम्पको मेजरमेन्ट नै बिगारेर गए ।
पटक पटक हारगुहार पछी नापतौलको टोली आएर न्याय देला भनेर आस गरेका साह उल्टै दु:ख दिएपछि आफुले १५ पछि मात्र पम्प मर्मत गरेको बताउछन् ।
यो पीडा यी तीनजना ब्यवसायीको मात्र होइन, यस्तो समस्या देशका धेरै व्यवसायीको भएपनि प्रकाशमा आउन सक्दैनन् । ।
यसरी त्रिपक्षीय मिलोमतोमा दैनिक लाखौं रुपैया बराबरको अनियमितता छानबिनका लागी उच्चस्तरको छानबिन टोली गठन हुनुपर्ने अधिकांश व्यवसायीहरुको माग छ ।
पेट्रोलियम डिलर एशोसिएसन रौतहटका अध्यक्ष महेश दास पनि पेट्रोल र डिजलमा कमी हुने समस्या देशब्यापी रहेको स्वीकार्छन् ।
अध्यक्ष दास भन्छन्,
– साधारण ब्यवसायीको मात्र नभई हाम्रो पनि भनेको अनुपातमा पेट्रोल, डिजल आउदैन थोरै नै हुन्छ ।
–समस्या समाधानका लागि सरकारलाई चासो नै छैन, निगम कुरै सुन्दैन, एसोशिएसले ठोस पहल नै गर्दैन ।
एसोशिएसनका केन्द्रिय अध्यक्ष लिलेन्द्र प्रधान समस्या देशब्यापी भएको तर हालसम्म कुनै ब्यवसायीले लिखित उजुरी नदिएकाले प्रकृयामा जान नसकिएको बताउँछन् । स्थाईरुपमा तेल घटीको समस्या समाधानका लागी ट्यांकरमा लगिङ सिस्टमको अवधारणा छिटै लागु हुने प्रधानको भनाई छ ।
नापतौल तथा गुणस्तर बिभाग बिरगंज भन्छ–
नापतौल तथा गुणस्तर बिभाग बिरगंजका प्रमुख राकेश कुमार झाले तेलघटीको समस्या स्वीकार गर्दै नापतौल गर्ने यान्त्रिक अभावका कारण समाधानका लागी ठोस पहल हुन नसकेको बताए । ट्याङकरमा ढुवानी हुने गरेको तेलको गुणस्तर तथा परिमाण नाप गर्न बिभागको हेटौंडास्थित छुट्टै आवयश्क उपकरण सहितको भवन निर्माण भईरहेकाले सोको सञ्चाालन पछि समस्या नहुने झाले बताए ।
नापतौलका कर्मचारीले कुनै ब्यवसायीलाई गलत ब्यवहार नगर्ने गरेको बताउदै झाले गुनासो आउनासाथ मर्मतका लागि अविलम्ब कर्मचारी तथा प्राविधिक खटाउदै आएको बताए ।
निगमको दावी
तेल घटी भएकोबारे नेपाल आयल निगम अमलेखगंजका प्रमुख प्रदिप कुमार यादव स्वीकार्न तयार छैनन् । रक्सौलबाट तेल ढुवानी गर्ने ट्याङकर प्राय ब्यवसायीकै हुने र उनीहरुले गरेको ढुवानीमा समस्या नभएको भन्दै यादवले यदि कुनै चालकले बदमासी गरेको उजुरी परे त्यस्ता चालकलाई कारवाही गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?