हराएको तीन दिनपछि युवतीको शव फेला
सोमबार, ०३ माघ २०७३, १२ : १६
कञ्चनपुर - कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ की १७ वर्षीया बिन्दु भट्ट घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा फेला परकी छन् ।
घर नजिकैको सिसौ झाडीमा झुन्डिएको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए ।
उनको आत्महत्या वा हत्या के भएको भन्नेबारे अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो । युवतीको घरमा फोन गरेर धम्की दिने दुलैका अरुण कुँवरलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको छ ।
स्थानीय समाजसेवी विष्णुदत्त जोशीले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?