माघभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा : राज्यमन्त्री जवेगु
सोमबार, ०३ माघ २०७३, ०८ : ००
मोरङ - सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले अधिकतम सहमतिमा माघभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।
मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घले आज बिहान आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री जवेगुले संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएसँगै अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताए । देशमा राजनीतिक उपलब्धि हासिल भइसकेकाले अब देशलाई आर्थिक क्रान्तिमा लैजानुपर्ने उनले धारणा राखे ।
उर्लाबारी–मधुमल्ला हुँदै पाँचथरको रवीसम्म जोडिने सडकखण्ड निर्माणका लागि विशेष पहल गर्ने राज्यमन्त्री जवेगुले आश्वासन दिए । सो क्रममा उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्रबहादुर भट्टराईले यस क्षेत्रमा रहेका उद्योगी तथा व्यापारीको समस्या राज्यमन्त्री जवेगुसमक्ष प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु