एभर्टनसँगको लज्जास्पद हारपछि ग्वार्डिओलाको स्वीकारोक्ति : सिटी उपाधि होडबाट बाहिर
लण्डन – एभर्टनसँग ४–० को लज्जास्पद पराजय बेहोरेपछि म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टोली प्रिमियर लिगको उपाधि होडबाट बाहिरिएको बताएका छन् ।
मर्सिसाइडमा पराजित भएपछि शीर्ष स्थानमा रहेको चेल्सीसँग सिटी १० अंकले पछि परेको छ । यो ग्वार्डिओलाको प्रशिक्षकका रुपमा सबैभन्दा ठूलो पराजय हो ।
शीर्ष स्थानसँग दुरी धेरै भएन ? भन्ने प्रश्नमा उनले भने, ‘हो, १० अंक धेरै हो ।’
४५ वर्षीय ग्वार्डिओलाले आफ्ना खेलाडीहरुलाई ‘खराब स्थितिमा’ एकताबद्ध हुन र ‘लिग टेबललाई भूल्न’ आग्रह गरे ।
‘सिजनको अन्त्यमा हामी हाम्रो स्तर नाप्ने छौँ । हाम्रो प्रदर्शन कस्तो रह्यो, प्रशिक्षक कस्ता थिए, कस्ता खेलाडी थिए, त्यसपछि हामी निर्णय लिने छौँ,’ उनले भने ।
पराजयपछि सिटी लिगको पाँचौँ स्थानमा खस्किएको छ । तैपनि ग्वार्डिओले आफू सिटीमा खुसी नै रहेको बताए ।
तथ्यांकमा खेल
– प्रिमियर लिगमा यो एभर्टनको सिटीविरुद्ध सबैभन्दा ठूलो जीत हो ।
– एभर्टनले पोष्टमा प्रहार गरेको चारवटै प्रहार गोलमा परिणत भएको थियो ।
– पछिल्ला ७ मध्ये चार खेलमा सिटीले विपक्षीको पहिलो प्रहारमा नै गोल खाएको छ ।
– घरेलु मैदानमा खेलिएका पछिल्ला ९ खेलमा रोमेलु लुकाकु ८ गोलमा संलग्न छन् । जसमध्ये उनले ५ गोल गरेका छन् भने ३ वटा गोलको अवसर सृजना गरेका छन् ।
– खेलको २५ औँ मिनेटमा मात्र खेलमा गोलपोस्टमा पहिलो प्रहार भएको थियो । यो सिजन यति ढिलो विपक्षीको पोष्टमा भएको दोस्रो अवसर हो । यसअघि जनवरी १४ मा वार्टफोर्ड र मिडल्सब्रोवीचको खेलमा २६ मिनेटमा पहिलो प्रहार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु