रियलको अपराजित यात्रामा सेभियाद्वारा पूर्णविराम
सेभिया – म्यान्चेस्टर सिटीका पूर्व स्ट्राइकर स्टेभान जोभेटिकले इन्जुरी समयमा गोल गरेपछि रियल म्याड्रिडको ४० खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
खेलको दोस्रो हाफमा ड्यानी कार्भाहाललाई सेभियाका गोलकिपर सर्जियो रिकोले लडाएपछि पाएको पेनाल्टीलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै रियललाई अग्रता दिलाए ।
तर, खेलको ८५ औँ मिनेटमा सर्जियो रामोशले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो ।
सब्सटिच्युड जोभेटिकले खेलका अन्त्यतिर नाटकीय गोल गर्दै आफ्नो टोलीलाई विजयी गराए ।
गत वर्षको अप्रिल ६ पछि पहिलो पराजय भोगेको रियल शीर्ष स्थानमा १ अंकले मात्र अघि रहेको छ । यद्यपि, अन्य टोलीभन्दा एक खेल कम खेलेको छ ।
जीतसँगै सेभिया बार्सिलोनालाई उछिन्दै लिगको दोस्रो स्थानमा उक्लेको छ ।
सन् २०१२ पछि पहिलो पटक लिग उपाधि जित्ने आशा राखेको रियलको उपाधि होडमा धक्का लागेको छ भने सेभियाले ७१ वर्षपछि लिग उपाधि जित्ने आशा कायम राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु