बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्री शाहीले भने, " दुर्घटना जाँच आयोगको प्रतिवेदन कार्यान्वयन गरिन्छ  " 

आइतबार, ०२ माघ २०७३, १८ : ४८
आइतबार, ०२ माघ २०७३
काठमाडौँ - संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले दुर्घटना जाँच आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् ।
दुर्घटना जाँच आयोग प्रतिवेदन मन्त्रालयमा बुझ्दै मन्त्री शाहीले सो  कुरा बताएका हुन् ।
उनले अनुसन्धान भएपछि सुधार गर्न तर्फ ध्यान दिनुपर्छ भन्दै कुनै पनि कानून कार्यान्वयन गर्नका लागि नै बन्ने बताए ।
नेपालमा हुने कतिपय जहाज दुर्घटना मानवीय कारणले भएपनि यसैलाई दोष दिएर उम्कन नहुने धारणा राखेका छन् । उनले दुघर्टना भएपछि एकअर्कालाई दोष दिएर उम्कन खोज्ने प्रवृति गलत रहेको बताए ।
दुर्घटना हुनका पछाडि धेरै कारणहरू हुन्छन् । ति कारणहरु पैल्याएर त्यसलाई न्यूनिकरण गर्न तर्फ सोच्नु पर्छ मन्त्री शाहीले भने । उनले अहिले पनि हाम्रो संस्कृति हलिकप्टरमा झुन्डिने भएको भन्दै मानवीय चेतना वृद्धि गर्ने नीति अख्तियार गर्न जरुरी रहेको बताए ।
मन्त्री शाहीले इन्जिन बलियो थियो भने त्यो मानवीय कमजोरीकै कारण दुर्घटना भएको मान्नु पर्ने भनाई राखे ।
नेपालमा स्थायी किसिमको  दुर्घटना जाँचबुझ आयोग गठन गर्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री शाहीले नेपाल एक्लैले नसके पनि सार्कस्तरमा स्थायी किसिमको दुर्घटना जाँचबुझ आयोग गठन गर्न सकिने बताए ।
शाहीले करोडौको जहाज दुर्घटना भएको जाँचबुझ गर्न आयोग बन्छ तर ५० हजारको ल्यापटप किन्न दिने पैसा पनि हुँदैन यो अत्यान्तै विडम्बनापूर्ण कुरा हो । उनले मन्त्रालयमा आएका कानून बमोजिमका काम फटाफट गर्नुपर्ने भन्दै आफ्ना कारणले कुनै पनि काम र प्रतिवेदन कार्यान्वयनमा ढिलासुस्ती नहुने बताए ।
कुन ठाउँमा कस्तो जहाज लाने भन्ने कुनै मापदण्ड नरहेको भन्दै मन्त्री शाहीले हामी वीर गोर्खाली भएर जस्तोसुकै ठाउँ , मौसम र पास्थितिमा पनि जहाज लान्छौँ , जस्तोसुकै जोखिम मोलेर भए पनि उडान भर्छौ यसले पनि दुर्घटना बढेको उनले बताए । उनले यात्रुको जीवन आफ्नो हातमा छ भनेर क्याप्टेनले एकपटक सोच्ने हो भने दुर्घटना स्वत घट्ने बताए ।
मन्त्री शाहीले यहाँ केहिँ गर्न खोज्यो भने खुट्टा तान्ने काम गर्न नदिने प्रवृति बढेको भन्दै जहाज ल्याउँछु भनेर लागिपरेको भएतापनि भए नभएको कुरा लेखेर काम गर्न जागर नआउने बनाउने गरेको बताए । शाहीले रेगुलेटर र अप्रेटर गर्ने निकाय एउटै भएको भन्दै यसलाई व्यवस्थित गर्न अलग पार्न खोजिएको भएतापनि कतिपयले अहिल्यै गर्नुपर्छ र कतिपयले हतार भयो भन्ने गरेको बताए ।
दुर्घटना जाँच आयोग २०७३ फिस्टेल एयरको (9N-AKA , AS350 ) हेलिकप्टरको जाँचबुझ गर्न नेपाल सरकारबाट गठित आयोगका अध्यक्ष हरिभक्त श्रेष्ठले प्रतिवेदन बुझाउँदा मानवीय त्रुटिका कारण हेलिकप्टर दुर्घटना भएको बताए ।
उनले  त्रिभुवन विमानस्थलको क्षमता भन्दा बढी एयर ट्राफिक व्यस्थापन गर्नु पर्ने अवस्था रहेको भन्दै अप्रेशन निर्देशक  र तालिम निर्देशक अलग अलग हुनुपर्ने बताए । एउटै निकायबाट दुईवटा काम गर्न नहुने भन्दै यसलाई छुट्याउनु पर्ने उनले बताए ।
आयोगले हेलिकप्टर दुर्घटना हुनुको कारण क्याप्टेनको कौशलता र अनुभवको कमिका कारण बादलभित्र रुमल्लिएर परिस्थितवश चेतना गुमाएका कारण हेलिकप्टरको मुख्य पंखाले चुच्चेभीरको चट्टानमा छुन गई दुर्घटना भएको संभाव्य कारण रहेको प्रतिवेदन प्रस्तुत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप