मञ्जुश्रीले बोनस शेयर र नगद लाभांस दिने
काठमाडौँ – मञ्जुश्री फाइनान्स लिमिटेडको ९औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आ.व. २०७२/०७३ को लागि प्रस्तावित १४ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागी ०.७४ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ ।
संस्थापक शेयरधनीहरुको समुहतर्फ प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरु दामोदर प्रसाद गौतम, सुमन प्रसाद अधिकार , कमलकुमार बेगानी, श्याम कृष्ण ढकाल र सर्वसाधारण समुहका शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक मा रविन राज देवकोटा निर्विरोध (सर्वसम्मतिमा) निर्वाचित भएका छन् ।
यसअघि, संस्थाको सञ्चालक समितिको १३४ औे बैठकले दामोदर प्रसाद गौतमलाई अध्यक्षमा चयन गरेको थियो ।
यस संस्थाको हाल सम्मको चुक्ता पूँजी रु. २५,०६,५०,००० रहेकोमो बोनस शेयर पश्चात रु २८, ५७, ४१, ००० पुग्नेछ । यस फाइनान्सको आ.व. २०७२÷०७३ को पुस मसान्त सम्म ३ अर्ब ३१ करोड निक्षेप संकलन तथा रु. ३ अर्ब कर्जा लगानी तथा संचालन मुनाफा रु. ४ करोड ९४ लाख रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु