मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

डडेल्धुराको भूबनोट कमजोर, भूकम्पको जोखिम

आइतबार, ०२ माघ २०७३, १५ : ११
आइतबार, ०२ माघ २०७३
डडेल्धुरा - समुद्री सतहदेखि करिब दुई हजार ६ सय मिटर उचाइमा रहेको डडेल्धुराको भूबनोट कमजोर भएकाले भूकम्पको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । पुरानै शैलीमा निर्मित घर भएकाले भूकम्प जाने हो भने ठूलो धनजनको क्षति हुन सक्ने सर्वसाधारणको समेत बुझाइ छ । जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रजिअ उदयबहादुर सिँंले घरहरु बिनामापदण्ड मनपरी किसिमले बनाइएकाले भूकम्प गयो भने क्षति पुग्न सक्ने जनाउँदै सतर्कता अपनाउन सुझाव दिए । सदरमुकाम डडेल्धुरा उच्च जोखिममा रहेको उनको भनाइ छ । जिल्लामा भवन तथा भौतिक कुरा निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्ने र भूकम्परहित घरको निर्माण हुनुपर्नेमा सरोकार भएकाहरुको भनाइ छ । भिरालो जमिनमा घर बनाइएकाले डडेल्धुरा उच्च जोखिममा रहेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रामकुमार श्रेष्ठ बताउँछन् । यहाँ नयाँ बनेका घर पनि भूकम्प प्रतिरोधात्मक नभएर मनोमानी रुपमा निर्माण भइरहेको इञ्जिनियर श्रेष्ठको जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप

छुटाउनुभयो कि ?