बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

आफन्तले बलात्कारको कोशिस गरेपछि किशोरीले गरिन् ‘लाइभ’ सुसाइड

आइतबार, ०२ माघ २०७३, १४ : ४९
आइतबार, ०२ माघ २०७३

फ्लोरिडा – एक १२ वर्षीया किशोरीले लाइभ भिडियो प्रशारण गर्दै आत्महत्या गरेकी छिन् ।

हजारौँले हरेको उक्त भिडियोमा केटलिनले आफ्नै परिवारको सदस्यले आफूमाथि यौनहिंसाको प्रयास गरेको आरोप लगाउँदै झुण्डिएर ज्यान दिएकी थिइन् ।

ती किशोरीले लाइभ स्ट्रिमिङ एप्लिकेसनको प्रयोग गरेर आफ्नो मोबाइलबाट आत्महत्याको प्रशारण गरेकी थिइन् ।

उनको मृत्यु पछि उक्त भिडियो भाइरल बनेको थियो । लाइभ मी डटकमबाट उनको भिडियोलाई कपी गरेर धेरैले सेयर गरेका थिए ।

४२ मिनेट लामो उक्त भिडियो युट्युव र फेसबुकमा उपलब्ध थियो । तर, अहिले ती सबै भिडियोहरु हटाइएको छ ।

युट्युवमा उक्त भिडियोलाई ४० हजार भन्दा बढीले हरेका थिए ।

यद्यपि, अन्य साइटहरुमा भने यो भिडियो अझै उपलब्ध रहेको छ ।

पोल्क काउन्टी पुलिसलाइ केटलिनको आत्महत्याबारे निकै टाढाबाट रहेको क्यालिफोर्नियाबाट खबर गरिएको थियो ।

जर्जियाको केडार्टटाउनको रहेको उनको घर पुगेर प्रहरीले उनलाई अस्पताल लगे पनि त्यहाँ उनलाई मृत घोषित गरिएको थियो ।

गत अप्रिलमा ट्वीटरको लाइभ स्ट्रिमिङ एप पेरिस्कोपमा एक युवाले आफ्नो साथीको बलात्कारको भिडियो प्रत्यक्ष प्रशारण गरेका थिए ।

समाजिक सञ्जालमा यस्तो भिडियो प्रशारण गर्नबाट रोक्न ठूलो आवाज उठिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप