मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

भारतीय उद्योगका अवैद्य मदिरा बरामद

आइतबार, ०२ माघ २०७३, १४ : ०२
आइतबार, ०२ माघ २०७३
झापा - पूर्वपश्चिम राजमार्गअन्तर्गत दुवागढी–५ स्थित चारआली सडकखण्डबाट प्रहरीले ३० बोतल सिक्किमे मदिरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पशुपतिनगरबाट आएको यात्रुवाहक बस जाँच गर्दा उक्त मदिरा बरामद गरेको हो । दुई बोरामा राखिएका अवस्थामा मदिरा बरामद गरिएको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ । बरामद गरिएको मदिरा साढे सात सय मिलीलिटर परिमाणको रहेको तथा त्यसमा सिक्किम र हनिबी नाम गरेको कम्पनी उल्लेख भएको सीमा सुरक्षा कार्यालयका प्रहरी निरीक्षक चुनराज थापाले बताए। करिब रु २४ हजार मूल्य बराबराको सो मदिरालाई शनिबार नष्ट गरिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगरले भारतीय अवैध मदिरा नष्ट गरेको छ । प्रहरीले पशुपतिनगर गाविसबाट बेवारिसे अवस्थामा फेला पारेको भारतको सिक्किममा उत्पादित विभिन्न उद्योगका ७८ बोतल मदिरा र ८४ बोतल बियर बरामद गरी नष्ट गरेको प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । इलामको पशुपतिनगर नाकाबाट भारतीय सिक्किम उद्योगका प्रतिबन्धित मदिरा नेपाल भित्रिने गरेको छ । सो मदिरा इलाम, झापा, मोरङ र सुनसरीका बजारमा बिक्री वितरणका लागि लैजाने गरेको खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप

छुटाउनुभयो कि ?