मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

तारुकामा गोरु जुधाई : धन्न जोगिए भैरव !

आइतबार, ०२ माघ २०७३, १३ : १६
आइतबार, ०२ माघ २०७३

नुवाकोट – नुवाकोटको तारुकामा शनिबार भएको गोरु जुधाई कार्यक्रममा एक व्यक्ति गोरुको शिकार हुनबाट बालबाल बँचेका छन् ।

गोरु जुधाउन पुगेका तारुका–६ का भैरव श्रेष्ठलाई गोरुले हाने पनि सामान्य घाइते मात्र भएका छन् ।

काठमाडौँबाट करिब ८० किलोमिटर टाढा रहेको तारुकामा हरेक माघे सक्रान्ति मेलामा गोरु जुधाउने मेला आयोजना हुन्छ ।

श्रेष्ठ पनि आफ्नो भतिजसँग गोरु लिएर मेलामा पुगेका थिए ।

तर, एक्कासी गोरुले नै उनलाई आक्रमण गर्न पुग्छ ।

आयोजक समेत रहेका स्थानीय मदन श्रेष्ठ अनुसार उनलाई घटनामा सामान्य चोटपटक मात्र लागेको छ । घटनामा अर्का एक जना पनि घाइते भएको उनले बताए ।

काठमाडौँबाट गएको चिरायु अस्पतालको टोलीले उनको उपचार गरेको थियो ।

अहिलेसम्म नेपालमा गोरु जुधाई प्रतियोगितामा कसैको ज्यान गएको छैन ।

तर, स्पेनमा हुने बुलफाइटिङमा भने मानिसहरुले ज्यान समेत गुमाउने गरेका छन् ।

तस्विर : एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप

छुटाउनुभयो कि ?