स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा दान
म्याग्दी - म्याग्दीको बाबियाचौर स्वास्थ्य चौकीलाई रणवाङका बासिन्दाले रु सोह्र लाखभन्दा बढी मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् ।
बाबियाचौर–८ रणवाङका ललितबहादुर मल्ल, लक्षिनबहादुर मल्ल, होमबहादुर सेन र हिरा सुवेदीले चार रोपनी १२ आना जग्गा सहयोग गरेका हुन् । उनीहरुले प्रतिरोपनी रु चार लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएको स्वास्थ्य चौकीका अहेब बालकृष्ण शर्माले जानकारी दिए ।
स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको दाताहरुले बताएका छन् । सो स्वास्थ्य चौकी हाल सहस्रधारास्थित मालिका युवा क्लबको भवनको दुईवटा कोठाबाट सञ्चालन हुँदै आएको छ । हाल चौकी सञ्चालनमा रहेको भवन निर्माणका लागि विसं २०५४ मा नन्दप्रसाद गौचनले जग्गा उपलब्ध गराएका थिए।
हाल भवन रहेको जग्गा स्वास्थ्य चौकीको भवन निर्माणका लागि अपुग भएपछि जग्गाको खोजी गरिएको थियो । स्वास्थ्य चौकीको भवन निर्माणका लागि कम्तीमा चार रोपनी जग्गा आवश्यक पर्ने मापदण्ड छ । जग्गा प्राप्ति भएपछि भवन निर्माणका लागि माथिल्लो निकायमा माग गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत