बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकर सङ्क्रान्ति तथा माघी पर्वमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

शनिबार, ०१ माघ २०७३, ११ : ३६
शनिबार, ०१ माघ २०७३

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्ति तथा माघी पर्व, २०७३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।

सो पर्वको अवसरमा राष्ट्रपतिले आज शुभकामना सन्देश दिँदै विविधताले सम्पन्न सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस महान् पर्वले सबै नेपालीमा उत्साह एवम् उमङ्ग थपोस् र सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गरेकी छिन् ।

सन्देशमा तरुल लगायत कन्दमूल तथा घ्यु, चाकु, तिलको लड्डु र खिचडी लगायत परिकार खाई मनोरञ्जनपूर्वक खुसी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याउने उल्लेख छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको दायित्व भएको राष्ट्रपतिले बताएकी छिन् ।

सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि होओस्ः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका मगर, थारु, छन्त्याल समुदायको महान् साँस्कृतिक पर्व एवम् नेपालीको महत्वपूर्ण चाड माघेङ्क्रान्ति÷माघी पर्व २०७३ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

उनले आज दिएको शुभकामना सन्देशमा यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचार र एकताको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका हुन् ।

संविधानको सर्वस्वीकार्यता बढाउन सरकार क्रियाशील छ

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङ्क्रान्तिका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले आज शुभकामना सन्देश दिँदै यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।

सन्देशमा भनिएको छ– “भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न भिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन समेत रहेको छ । यो पर्व यसको उदाहरण समेत हो ।”

प्रधानमन्त्रीले जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट समावेशी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गरिएको जनाउँदै संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

संविधानको सर्वस्वीकार्यता बढाउन सरकार संवाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको सन्देशमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप

छुटाउनुभयो कि ?