शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

निःशुल्क फिल्म डाउनलोड गर्न यो हो उत्कृष्ट साइट, मात्र एक क्लिकमा हुनेछ काम

शुक्रबार, १५ पुस २०७३, १४ : ४५
शुक्रबार, १५ पुस २०७३
धेरैजसो मानिस आफ्नो फुर्सदको समयमा फिल्म हेर्न रुचाउँछन् । यद्यपी, धेरैजसो अवस्थामा फिल्मको क्वालिटी राम्रो नभएकाले फिल्म हेर्दा मजा आउँदैन । हुन त धेरैजसो वेबसाइट यस्ता पनि हुन्छन् जहाँ एचडी क्वालिटीमा अनलाइन फिल्म हेर्न सकिन्छ तर बफरिङ हुँदा यहाँ पनि मजा नआउनसक्छ । यस्तोमा आज हामी तपाईंलाई यस्तो वेबसाइटबारे जानकारी दिँदै छौं जहाँ एक क्लिकले मात्र पनि एचडी मुभी डाउनलोड गर्न सकिन्छ । बलिउड फिल्मको भण्डारः यो साइटमा फिल्मका थुप्रै क्याटगोरी दिइएको हुन्छ ता कि प्रयोगकर्ताले आफूले मनपराएको फिल्म छान्न सकून् । जस्तै बलिउड फिल्मका लागि इन्डिया मुभी नामको क्याटगोरी छ । योभित्र वर्षैपिच्छे सब–क्याटगोरी छ । अर्थात् तपाईं वर्षको हिसाबले कुनै पनि फिल्म निकै सजिलै खोज्न सक्नुहुन्छ । चर्चित फिल्मका विशेष क्याटगोरीः बलिउडका साथै यहाँ सबैभन्दा चर्चित फिल्मको क्याटगोरी २५० टप मुभी पनि दिइएको छ । यो क्याटगोरीमा प्रयोगकर्ताले भिजिट र डाउनलोडको हिसाबले मूभी स्तवः यो क्याटगोरीमा आउँछ । यो क्याटगोरीमा २५० वटा फिल्म छन् । सबै फिल्म अल्फाबेटको हिसाबले आउँछन् । हलिउडको हज्जारौं फिल्मः जुन प्रयोगकर्ता हलिउड फिल्म हेर्न चाहन्छन् उनका लागि यहाँ फिल्मको निकै ठूलो भण्डार रहेको छ । यी प्रयोगकर्ताका लागि विशेष आर्काइभ नामको क्याटगोरी बनाइएको छ । जसमा सन् १९०० देखि २०१६ सम्मका फिल्म दिइएको छ । अर्थात् यहाँ हज्जारौं फिल्म छन् । डुअल अडियोको क्याटगोरीः अन्य क्याटगोरीमा कलेक्सन, डबल फार्सी र पर्सियन मुभी संलग्न छन् । सबै क्याटगोरी वर्षका अनुसार राखिएका छन् । अर्थात्, यहाँ अनलिमिटेड फिल्म छन् । डबल फार्सीमा सबै फिल्म डुअल अडियोमा दिइएको छ । अर्थात्, प्रयोगकर्ताले एउटै फिल्मलाई हिन्दी वा अंग्रेजी साउन्डसँगै हेर्न सक्छन् । सिररियलको क्याटगोरीः फिल्मका साथै यहाँ अदर, पर्सियन सिरिज, सिरिज, आइकोन्स, आइएमजी र मिलाड नामको क्याटगोरी पनि छ । सिरिज क्याटगोरीमा हलिउड सिरियलको पूर्ण सिरिज दिइएको छ । अर्थात्, प्रयोगकर्ताले आफूलाई मनपरेको सिरिज यहाँबाट पूर्ण डाउनलोड गर्न सक्छन् । मोबाइल फ्रेन्डली वेबसाइटः यो वेबसाइटको नाम sv1.bia2dl.xyz हो जुन कुनै पनि ब्राउजरमा सजिलै खुल्ने गर्दछ । स्मार्टफोनमा यो मोबाइल फर्मेटमा ओपन हुन्छ । अर्थात्, प्रयोगकर्ता यसलाई डेस्कटप र मोबाइल दुबैमा निकै सजिलै चलाउन सक्छन् । एउटा क्लिकमा डाउनलोडः फिल्म डाउनलोड गर्नका लागि प्रयोगकर्ता मात्र एउटा लिंकसम्म पुग्नुपर्नेछ । जस्तै कुनै बलिउड फिल्म डाउनलोड गर्न चाहनुहुन्छ भने Movies => India Movies =>2014 => Movie Name मा क्लिक गर्नुहोस् , डाउनलोड हुन सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप