शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

महायज्ञ बाट साढे तीन करोड सङ्कलन

शुक्रबार, १५ पुस २०७३, १० : ०४
शुक्रबार, १५ पुस २०७३
बागलुङ । जिल्लाको नारायणस्थान–५ स्थित गणेश माध्यमिक विद्यालयले लगाएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु तीन करोड ४९ लाख पाँच सय ३१ सङ्कलन भएको छ । विद्यालयको समग्र विकासको लक्ष्यसहित गत मङ्सिर २८ देखि पुस ५ गतेसम्म महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा नारायणस्थान–४ का गङ्गाबहादुर जिसी र डम्मरकुमारी जिसीले सबैभन्दा बढी रु २५ लाख २५ प्रदान गरेको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले जानकारी दिए । चार सय २१ जनाले ३५ हजारका दरले सहयोग गरेका थिए । महायज्ञमा केही जग्गा र जिन्सी सामान पनि निःशुल्क प्राप्त भएको छ। महायज्ञ सञ्चालनमा ३१ लाख खर्च भएको जनाइएको छ । “सङ्कलित रकम सबै अक्षय कोषका रुपमा राख्र्छौं”, प्रअ सुवेदीले भने – “ब्याजबाट आएको रकम मात्र विभिन्न क्षेत्रमा खर्च हुनेछ ।” उक्त कोषको रकम निजी क्षेत्रका शिक्षकको तलब व्यवस्थापन, छात्रवृत्ति कार्यक्रम, गुणस्तरीय शिक्षा, पुस्तकालय, बाल उद्यान, विज्ञान प्रयोगशाला, अत्याधुनिक कम्प्युटर ल्याब, खेल मैदान, शैक्षिक सङ्ग्रहालय लगायतमा खर्च गरिने विद्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप