शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

छात्राले पाए साइकल

शुक्रबार, १५ पुस २०७३, ०९ : ४१
शुक्रबार, १५ पुस २०७३
नेपालगन्ज । आर्थिक अवस्था कमजोर भएका, उच्च जोखिममा रहेका, विद्यालय टाढा भएका, अभिभावक गुमाएका र जेहेन्दार छात्रालाई बिहीबार साइकल उपलब्ध गराइएको छ । माइती नेपालको अधिकार परियोजनाअन्तर्गत बाँके जिल्लाको प्रभात मावि र लक्ष्मी माविका २० जना विद्यार्थीलाई एक÷एक थान साइकल निःशुल्क उपलब्ध गराइएको हो । यसअघि, सोही परियोजनाअन्तर्गत नेपालगन्जस्थित सरस्वती मावि र बर्दियाको महाकवि लक्ष्मीप्रसाद माविका विद्यार्थीलाई २०÷२० थान साइकल प्रदान गरिएको थियो । सो संस्थाका क्षेत्रीय संयोजक केशव कोइरालाले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा दुई माविका छात्रालाई साइकल हस्तान्तरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप