शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय स्तरको शिक्षाको लागि अनुसन्धानमूलक शिक्षा

बिहीबार, १४ पुस २०७३, १० : २०
बिहीबार, १४ पुस २०७३
पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको अग्रसरतामा विश्वविद्यालयद्वारा बुधबार पोखरामा आयोजित सम्बन्धन प्राप्त महाविद्यालयका प्राचार्य तथा प्रतिनिधिसँगको अन्तरक्रियामा समयसापेक्ष अनुसन्धानमूलक शिक्षा वर्तमानको आवश्यकता भएकामा जोड दिइएको छ । गुणस्तरीय शिक्षाका लागि अनुसन्धानमूलक शिक्षा अपरिहार्य हुने बताउँदै अन्तरक्रियामा वक्ताले अनुसन्धानमूलक शिक्षाका माध्यमबाट मात्र शैक्षिक क्षेत्रमा गुणस्तरीयता कायम गर्न सकिने उल्लेख गरे । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले गुणस्तरीय उच्च शिक्षाका लागि अनुसन्धान कार्य महत्वपूर्ण हुने बताउँदै विश्वविद्यालयका प्राध्यापकले अनुसन्धान कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले विश्वविद्यालयको शिक्षा अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा शिक्षाको गुणस्तरीयता कायम गराउनका लागि पनि अनुसन्धानमूलक शिक्षा अपरिहार्य भएको बताए । विश्वविद्यालयका रजिस्ट्रार गोविन्दप्रसाद शर्माले पठनपाठन र अनुसन्धनात्मक कार्यलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए । मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा इन्द्रप्रसाद तिवारीले पोखरा विश्वविद्यालय स्थापनाको उद्देश्य, वर्तमान अवस्था र रणनीतिक कार्य योजनाका सम्बन्धमा प्रकाश पार्दै समयसापेक्ष शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्दै विश्वविद्यालय अघि बढेको बताए । विश्वविद्यालयका डिनहरू डा कर्णवीर पौडेल, डा खेमराज जोशी र इन्जिनियर बुद्धिराज जोशीले सङ्कायगत रूपमा विश्वविद्यालयको शिक्षाको रूपरेखा सम्बन्धमा जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप