शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

विद्यालयलाई शान्ति क्षेत्र बनाउन सरकार नै बाधक

मङ्गलबार, १२ पुस २०७३, १३ : २८
मङ्गलबार, १२ पुस २०७३

काठमाडौं–सरोकारावालाहरुले विद्यालय शान्ति क्षेत्र स्थापना गर्न सरकार नै बाधक रहेको आरोप लगाएका छन् ।

विभिन्न विद्यार्थी संगठनका नेताहरुले विद्यालयमा द्धन्द्ध बढाउन सरकारी नीति नै जिम्मेवार रहेको जिकीर गरेका हुन् । काठमाडौमा आयोजित विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अनेरास्ववियूका उपाध्यक्ष रश्मी आचार्यले विद्यालयलाई द्धन्द्धमा लैजाने काम सरकारी नीतिले नै गरेको आरोप लगाइन् । विद्यालयमा देखिएको समस्या सरकारी नीतिले सम्बोधन नगरेपछि विद्यालयमा द्धन्द्ध हुनु स्वभाविकै भएको टिप्पणी गरिन् । उपाध्यक्ष आचार्यले विद्यालयमा हुने गरेको द्धन्द्ध समाधानमा सरकार किन प्रतिवद्ध नभएको भनि आक्रोश पनि व्यक्त गरिन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले विद्यालय शान्ति क्षेत्रको बाधक विद्यार्थी संगठनहरु भएको आरोपमा सत्यता नरहेको बताए । उनले शान्तिका लागि पहलकदमीले लिने संगठनहरु कसरी शान्ति विरोधी हुन्छ भनि प्रश्न पनि गरे । अध्यक्ष श्रेष्ठले विद्यालय शान्ति क्षेत्रका लागि विद्यार्थी संगठनहरुले जागरण अभियान संचालन गर्दै आएको दावी पनि गरे ।

अभिभावक संघकी उपाध्यक्ष सरिता अर्यालले शुल्क निर्धारणको नाममा विद्यालय तालाबन्दी नगर्न विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप