शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

रेमिट्यान्समा हुर्केको प्रेम र वियोग

शनिबार, २० माघ २०७४, १२ : ००
शनिबार, २० माघ २०७४

खै, किन हो उसले आत्महत्या गर्ने निर्णय ग¥यो ! त्यसै छक्क पर्छु म । मामाले कसरी आफुलाई सम्हाल्नु भयो होला ? अरुलाई अर्ति बुद्धि दिन त सजिलै हुन्छ नि । त्यहि कुरा आफुले सहनुपर्दा कति कठिन छ । त्यो त भोग्नेलाई मात्रै थाहा हुन्छ ।

मृत्यु अकाट्य थियो । फेसबुक एउटा संयोग भयो । अचम्म ! प्रेमले उसको ज्यानै लियो ।

माइलालाई बिहान बेलुकाको डिउटीपछि नेपालको याद भुलाउने एउटा राम्रो माध्यम फेसबुक थियो । उसका लागि सबै नयाँ, ठाउँ नयाँ, साथीहरु नयाँ, परिवेश नयाँ । एउटै कम्पनिमा कामगर्ने नेपाली साथिहरु पनि कोहि पूर्वका कोहि पश्चिमका । उसलाई साथिहरुसँग भिज्नै समय लागिरहेको थियो । मन भुलाउने एकमात्र माध्यम साथमा रहको मोबाइल थियो, साथिहरु फेसबुका मित्रहरु ।

नाइट डिउटी सकेर दिनको उज्यालोमा बेडमा पल्टेको माईलालाई पटक्कै निन्द्रा लागेन । हजार सपना बोकेर अरब भूमिमा आएको पनि धेरै भएको छैन् । गाँउ–घर साथि–भाइको याद मेटाउने फेसबुक थियो ।
फेसबुक वालमा नयाँ ‘फ्रेण्ड रिक्वेस्ट’ आएको रहेछ । माईलाले सरसर्ती उसको फेसबुक प्रोफाइल हेर्यो, पुष्पा नाम रहेछ उसकोे । खिरिलो ज्यानकी पुष्पा विभिन्न पोजका तस्बिर मा सुन्दर देखिन्थी । कल्कलाउँदो जवानीमा पुष्पाका तस्विरले माइलाको अनिदो ज्यानमा तरङ्ग चलाइदियो ।

माईलाले उसको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्नासाथै टिरिङ गर्दै म्यासेन्जरमा नोटिफिकेशन आयो । पुष्पाको म्यासेज थियो, दुबैले चिनापर्ची गरे । माईलाले आफु साउदिमा रहेको बतायो । उ पनि बाह्र कक्षामा पढ्दै गरेकी सर्लाहीबाट रहिछे ।

साथि भएको महिना दिनमै उनिहरुको सम्बन्ध यति गहिराईसम्म पुगेको थियो कि बिहे गर्ने बाचा साट्न भ्याइसकेका थिए ।
दयाह्याङ राईको कुनै चलचित्रमा संवाद छ नि, ‘मन परेको जुत्ता पो जुत्ता त, नत्र खाली खुट्टै ठिक छ !’ । उसलाई पनि मन मपरेको जुत्ता भेट्टाए भन्ने परेका थियो । उसलाई के थाहा, कलिलैमा फक्रिएको प्रेम कुनै दिन घृणामा परिवर्तन होला भन्ने !

फेसबुकले जुराएको प्रेम थियो त्यो । फेसबुकमै मन साटासाट भएपछि प्रेमलाई झाङिन दुरिले छेकेन । प्रेम त झाङियो तर, सफल अवतरण हुन सकेन ।
हुन त फेसबुकबाटै प्रेम गर्ने युगल जोडिहरु बैवाहिक जिवनसम्म नपुगेका पनि हैनन् । कयौँको प्रेमलाई नेपाल टेलिकमको अ–ईन्टरनेटले अनपेक्षित विक्षिप्त बनाएझै फेसबुकको प्रेमले जिन्दगीबाटै अफलाइन बनाइदियो ।

प्रेमले उसलाई धेरै दिन उमंग दिन सकेन । हुन त, त्रेतायुगमा अमरत्व वरदान पाएको रावणले त मृत्युलाई जित्न सकेन, हामी नाँथे कलियुगका मनुवा ।

प्रेमको बहावमा उनिहरुका सपनाले शिखर चुम्न थाले । सानो परिवार सहितको सानो महलमा एकजोडी प्रेमीको संसार कल्पनामै विलिन भयो । 

परदेशि भुमिमा कमाएको पैसा बालाई पठाउनुको सट्टा माइलाले आफ्नै पे्रमिकालाई पठाउन थाल्यो । माईलाको पागल प्रेमको फाइदा उठाउदै उसले पैसा झार्न थाली । साउदिमा बसुञ्जेल माईलाले पुष्पालाई पैसा पठाई र¥यो । उसले पैसा चुसि नै रही । उ त केवल प्रेमको नाटक मञ्चन गरि पैसा चुस्न पल्केकि नक्कली आत्मा भएकी जिउदो शरिर पो रहिछ ।

साँडे चार बर्षको अरब बसाइपछि प्रेमिकालाई दुलही बनाएर घरमा भित्राउने सपना संगालेर दशैं छेक खाली हातै नेपाल झर्यो आमाबुबा, दाजुभाई दिदिबहिनिको मायालाई मनमै थाती राखेर । बाआमालाई त माईलो खालि हात आएकोमा बिस्मात भन्दा बर्षौँ भेट्न नपाएको छोरा घर आएकोमा हर्ष थियो ।

घरमा अझ बढि खुसि त धेरै बर्ष सम्पर्कबहिन भएको साईलो पनि यसैपालि भारतबाट फर्केकोमा थियो । दुई दिनमा पुरानो भैजाने रमझम वाला उपहार भन्दा बा–आमालाई बुहारी उपहार दिने अभिलाषा बोकेर नेपाल फर्केको माईलोले अखिरिमा सबैलाई आँसुको भेलमा छोडेर गयो ।

सबै दाजुभाइ जुटेर दशैंलाई रमाइलो बनाउन देश विदेशमा आफुले सिकेको कला कौशल प्रदर्शन गरे । माईलो र साईलो मिलेर घर रङ्गरोगन मात्रै गरेनन् खरको डोरी बाटेर घर नजिकै बारिको पाटामा लिङ्गे पिङ्ग समेत हाले । 
धेरै जागर त माइलालाई नै चलेको थियो । किनकि दशैं सकिए लतत्तै आफ्नी मायालुको हात माग्न उ हुनेवाला ससुराली घर सर्लाही जाने सोचमा थियो । 

माईलो नेपाल आउने दिन नजिकिए संगै पुष्पा विभिन्न बाहानामा च्याटबाट हराउन थालेकी थिई । अघिपघि चौविसै घण्टा अनलाईन देखिने उ, अब भने माईलालाई उत्तर पाउन पुरै दिन कुर्नुपर्ने भयो । 

प्रियसिको मन धेर थोर उसले बुझिसकेको थियो । त्यसैले नेपाल आउने बेलामा समेत माईलाले आफुले थापेको तलवबाट प्लेन टिकट र घरसम्म पुग्ने पैसा अड्कलेर बाँकी सबै उसैको बैंक खातामा हाल्दियो ।

पुष्पाको व्यवहारमा आएको परिवर्तन देखेर माइलो आजित थियो । अर्को मन भने आफ्नै पे्रमिका त हो, नेपाल पुुगेर प्रेमको माला पहिराई दिएपछि सबै ठिक भैहाल्छ भन्नेमा माईलो पूर्ण विस्वस्त थियो । सुरुमै बिवहाको प्रस्ताव राखेकि पुष्पा, अब भने केहि वर्षपछि गर्ने भन्दै बिवहाको कुरा टार्न थालेकी थिई ।

मनमुटाव जारीनै र¥यो । चाडवाडका मुखमा भारी मन लिएर नेपाल उत्रेको माईलो सिधै घर पुग्यो । धेरै वर्षमा गाँउ फर्केको माईलोलाई साथिभाईसँग विदेशका कुरा सुनाउनेसम्म फुर्सद भएन । त्यो बीचमा उनिहरुको तिन–चार पटक मात्रै फोनमा सम्पर्क भएको थियो ।

माईलाले दशैं सकिएको भोलिपल्ट बुबालाई लिए तिमीलाई माग्न आउछु भन्दा उसले केहि नबोलि फोन काटिदिएकी थिई । त्यसभन्दा पछि उनिहरुको खासै फोन सम्पर्क भएन भन्दा पनि हुन्छ । अनलाईनमा त कुरा नभएको धेरै दिन भैसकेको थियो ।

दशैं सकिए लगत्तै केटी माग्न बाबुछोरा केटिको घर पुगे । प्रेम उत्कर्षमा पुगेका बेला पुष्पाले माईलालाई आफ्नो गाँउको बारेमा धेर थोर कुरा भनेकी थिई, त्यहि अन्दाजमा माईलाले बुबालाई केटिको घरसम्म पुर्यायो ।

केटिको घर पुग्दा सबै कुरा माईलाले सोचे भन्दा फरक भयो । पुष्पाले माईलालाई चिनेर पनि चिन्दिन भन्दै नचिनेको नाटक गरि । घण्टौसम्म भएका भिडियो च्याटलाई समते उसले अर्थहीन बनाइदिई । 
मामाले केटिका परिवारका सदस्यसँग कुरा गर्नुभयो तर उसले नचिनेको मन्छेसँग बिहे नगर्ने अडान लिईछे । माईलाले पठाएको पैसाको बारेमा समेत ‘मलाई के थाहा’ भन्दै उल्टै माईलालाई विभिन्न आरोपहरु थोपरीछे ।

मामाले माईलालाई बल्ल तल्त सम्झाउदै त्यहाँबाट घर लिएर आउनु भयो । मामाले माईलो रित्तो हात नेपाल फिर्किनुको कारण बल्ल थाहा पाउनु भयो । उसले माईलाको साडे चार बर्ष साउदिमा कमाएको पैसा त खाई खाई माईलाको चोखो मायामा तिर समेत चलाई ।

शुभ समाचार सुन्न घरमा पर्खिरहेका सबैजनालाई दिउसको घटनाले दुखि बनायो । बेलुका माईलाले भातको गाँसै टिपेन । त्यसै सुत्न गयो ।

मामा भन्नुहुन्थ्यो, राति अबेरसम्म माइलाको कोठामा बत्ति बलिरहेको थियो । दास्रो पल्ट पाँच मिनेट जादा बाह्र बजेको हुँदो हो, त्यति बेला पनि बत्ति बलिरहेको थियो । अर्कोपल्ट उठ्दा बत्ति निबेको देखेर बल्ल अलिकति शान्ति मिलेको थियो । तर बिहान धेरैबेर ढोका नखुल्दा घरका सबै जनाको मनमा चिसो पस्यो । 

ठुलै हल्लाखल्ला मच्चिसक्दा समेट माइलाको चालचुल छैन । एक कान दुई कान, हल्ला गाँउभरी फैलियो । हेर्नेको लावालस्कर एकैछिनमा ।

मान्छेको रोइ काराइले ढोका किन खुल्थ्यो र । ढोका खुल्न त खुल्यो तर मृत्युको । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र फुयाँल
खगेन्द्र फुयाँल
लेखकबाट थप