केयुमा तत्काल उपकुलपति नियुक्त गर्न क्रान्तिकारीको माग
बुधबार, २९ मङ्सिर २०७३, १३ : ३५
काठमाडौं- शिक्षा मन्त्री धनिराम पौडेलले काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि वनेको शिफारिस समितिमा सहमति वन्न नसकेका कारणले उपकुलपति नियुक्तिमा ढिलाई भएको खुलासा गरेका छन् । आज तत्काल उपकुलपति नियुक्त गर्न माग गर्दै ज्ञापनपत्र वुझाउन आएको अखिल९क्रान्तिकारी०को टोलीसंग सो खुलासा गरेका हुन् ।
शिक्षा मन्त्रीको संयोजकत्वमा गठित शिफारिस समितिमा काठमाडौं विश्वविद्यालयका पुर्व उपकुलपति डा.सुरेसराज शर्मा र पुर्व सभामुख दमननाथ ढुङ्गाना रहेका छन्।स्रोतका अनुसार शर्माले पुरानै उपकुलपति डा।रामकण्ठ माकाजुमा अडान लिएका छन् भने शिक्षामन्त्री नयाँ उपकुलपतिको पक्षमा देखिएका छन् ।
शिफारिश समितिले ३ जना सम्मको नाम कुलपति एवं प्रधानमन्त्रीलाई शिफारिश गरेपछि त्यस मध्येका एकजनाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ ।
आज शिक्षा मन्त्रालयमा काठमाडौं विश्वविद्यालय लगायतका विभिन्न विश्वविद्यालयसंग सम्वन्धित ६ सुत्रीय माग अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले पेश गरेका छन् । ज्ञापनपत्रमा मेडिकल शिक्षाको शुल्क अविलम्ब निर्धारण गर्नुपर्ने र शुल्क निर्धारण समितिको विभेदकारी शुल्क खारेजीको माग गरिएको छ ।
क्रान्तिकारीले मेडिकल कलेजले एकमुष्ठ र वढि लिएको शुल्क फिर्ता गर्न र त्यसका लागि अनुगमन समिति वनाउन समेत माग गरेको छ।विवाद अविलम्ब टुङ्ग्याएर उपकुलपति तत्काल नियुक्ति नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी अखिल(क्रान्तिकारी)का प्रबक्ता सुरेन्द्र बस्नेतले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान
-
‘उकाली ओराली’ गीत गाउँदै सोनु निगमले भने,‘नेपाली फ्यान भेट्न आतुर छ ’