बायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइट साइन्सेजले चर्को शूल्क बढाएको भन्दै तालाबन्दी
मङ्गलबार, २८ मङ्सिर २०७३, १९ : २३
काठमाडौँ - अखिल (क्रान्तिकारी)ले कलेज अफ बायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइट साइन्सेजले चर्को शूल्क बढाएको भन्दै तालाबन्दी गरेको छ ।
कलेजले यसैवर्षदेखि विद्यार्थी र अभिभावकले तिर्न नसक्ने गरी बृद्धि गरिएको शूल्क फिर्ताको लागि गरेको आग्रहलाई बेवास्ता गरेका कारण मंगलबारदेखि प्रिन्सिपलको कार्यकक्षमा तालाबन्दी गरिएको इकाई समिति अध्यक्ष रामचन्द्र पुरीले जानकारी दिए ।
नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका कलेज इकाई अध्यक्ष पुरीले विज्ञप्ति जारी गर्दै बढाइएको शूल्क फिर्ता गर्न दवाव स्वरुप तालाबन्दी गरेको तर बेवास्ता गरे थप संघर्षका कार्यक्रम बाध्य हुने बताएका छन् ।
‘यस कलेजले यस शैक्षिक वर्षमा आम विद्यार्थी तथा अभिभावकलाई मार गर्ने गरी गरेको रु. ९२,७७० शूल्क बृद्धिप्रति हाम्रो संगठनले मंसिर २३ गते विज्ञप्तिमार्फत आपत्ति जनाउँदै २४ घण्टाभित्र बृद्धि गरेको शूल्क खारेज गर्न भनेता पनि यस विषयमा कलेज प्रशासनले कुनै प्रतिक्रिया नदिनु खेदजनक छ, त्यसैले प्रिन्सिपलको कार्यकक्षमा तालाबन्दी गर्न बाध्य भएको जानकारी गराइन्छ’ पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विद्यार्थीको हितमा आफ्नो संगठनले राखेको माग पूरा नभए थप शसक्त संघर्षका कार्यक्रम घोषणा गर्ने समेत पुरीले चेतनावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान