शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षा सम्बन्धि नियमावली नल्याउने प्रतिवद्धता

मङ्गलबार, २८ मङ्सिर २०७३, १८ : ००
मङ्गलबार, २८ मङ्सिर २०७३
काठमाडौँ– सरकारले सरोकारवाला निकायसँग छलफल नगरी शिक्षा सम्बन्धि नियमावली नल्याउने प्रतिवद्धता जनाएको छ । शिक्षामन्त्री धनिराम पौडेलले सरोकारवाला निकायसँग समन्वयन नगरी ल्याइएको नियमावलीहरु विवादमा तानिएको उल्लेख गर्दै अव त्यसो हुन नदिने बचन दिएका हुन् । काठमाठौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विगतमा विवादमा आएका नियमावली सच्याउन मन्त्रालय, विश्वविद्यालय, निजी तथा सरकारी क्षेत्रका विद्यालयहरु लाग्नुपरेको पनि स्पष्ट पारे । सरकारले ल्याउने गरेको नियमावली निजी क्षेत्रको शिक्षण संस्था मैत्री नभएको भन्दै आलोचना हुने गरेको छ । नेपालको शैक्षिक क्षेत्रमा निजी क्षेत्रको योगदान अतुलनीय रहेपनि सरकारले त्यसमा साथ दिन नचाहेको तर्क पनि गर्ने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप