हेर्नुहोस् कसरी सेक्स डलमा ‘प्रेम’ खोजिरहेछन् जापानी पुरुष
जब टोकियोका ४५ वर्षीय फिजियोथेरापिस्ट मासायूकी ओजाकीको विवाहमा सुरुवाती अवस्थामा झैं प्रेम र जोश भएन तब उनले आफ्नो रोमान्टिक जीवनको रिक्ततालाई भर्नका लागि अचम्मको तरिका अपनाए ।
मासायूकीले सिलिकनको एक सेक्स डललाई घर ल्याए र अब त्यही सेक्स डल उनको जीवनको सबैभन्दा महत्वपूर्ण प्रेम बनेको छ ।
यो लाइफ साइज डमीको नाम मायू हो जसले मासायूकीसँग बेड सेयर गर्नुका साथै मासायूकीले उनलाई आफूसँग नुहाइदिन्छन् ।
मासायूकी भन्छन्, ‘छोरीको जन्मपछि मेरी श्रीमतीले मसँग यौनसम्बन्ध राख्न अस्विकार गरिन् । जसका कारण मैले अत्यधिक एक्लो महसुस गर्न थालें । तर जब मैले शोरुममा मायूलाई देखें मलाई पहिलो नजरमा नै उनीमाथि प्रेम बस्यो ।’
मासायूकी आफ्नी सेक्स डललाई ह्वीलचेयरमा राखेर डेटमा लैजान्छन् ।
मायूलाई उनी आफैले तयार गरिदिन्छन् । उनलाई सेक्सी कपडा लगाइदिन्छन् । यहाँसम्मकी गहना र विग पनि लगाइदिन्छन् ।
मायूको प्रवेशले मासायूकीको जीवनको खालीपन हटेको उनी बताउँछन् । मासायूकीले मायूलाई ड्राइभमा लैजान्छन्, समुन्द्रमा घुमाउँछन् र निकै मज्जाले छुट्टी मनाउँछन् ।
सेक्स डललाई प्रेम गर्नेमा मासायूकी एक्ला व्यक्ति होइनन् । जापानमा हरेक दिन यस्ता पुरुषको संख्या बढिरहेको छ जो सेक्स डलमा वास्तविक प्रेम खोजिरहेका छन् ।
जापानमा हरेक वर्ष करिब २ हजार लाइफ साइज सेक्स डल बिक्रि हुन्छ जसको मूल्य ६ हजार डलर अर्थात् ६ लाख रुपैयाँभन्दा बढि ।
सेक्स डलका निर्माता ओरिएन्ट इन्डष्ट्रिका एमडी हिडियो सूचिया भन्छन्, ‘आजकाल धेरै पुरुषले सेक्स डलको चाहना गर्छन् किनभने उनीहरुलाई लाग्छ कि उनीहरु वास्तविक रुपमा नै सेक्स डलसँग कुरा गर्न सक्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक
-
नेपाललाई जितका लागि ६० बलमा १४४ रन आवश्यक
-
एन्फा महासचिव राईमाथि कारबाहीको माग गर्दै खेलकुद मन्त्री समक्ष निवेदन
-
राष्ट्रियसभा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूलाई अध्यक्ष दाहालको निर्देशन
-
इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्यो माओवादीको पत्रकार सङ्गठनले कारबाही
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस