शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

१३ औं अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

आइतबार, २६ मङ्सिर २०७३, १२ : २८
आइतबार, २६ मङ्सिर २०७३

काठमाडौं– आगामी बिहिबार र शुक्रबार (मंसिर ३० र पुस १ गते) १३ औं अन्तर्राष्ट्रिय शैक्षिक मेला आयोजना गर्न लागिएको छ । राजधानीको नयाँ बानेश्वरमा रहेको अल्फाबिटा इन्टिच्युटको आयोजनामा सो मेला  गर्न लागिएको हो । अल्फाबिदा कम्प्लेक्स नयाँ वानेश्वरमा हुने उक्त मेलामा जापान, अमेरिका, अष्ट्रेलिया, आयरल्याण्ड, मलेसिया, भारतसहित ७ देशका २० बढी शैक्षिक संस्थाहरुका साथै प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले बताएको छ । मेलामा विदेशमा पढ्न चाहने विद्यार्थीहरुले पढ्न चाहेको विषय, उचित विश्वविद्यालय/कलेजका साथै करियरका विषयमा विद्यार्थीहरुले विषेशज्ञबाट परामर्श लिन सक्नेछन् । यस्तै विभिन्न कलेजहरुले दिने छात्रवित्ति योजनाबारे पनि विद्यार्थीहरुलाई जानकारी दिइनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका विज्ञहरुले प्रत्यक्ष तथा अनलाइनको माध्यमबाट परामर्श समेत प्रदान गर्ने अल्फाबिटाका प्रवन्धक सौरभ श्रेष्ठले जानकारी दिए । अल्फाबिटा अमेरिकन इन्टरनेशनल रिक्युमेन्ट काउन्सिल र आइएओः ९००१ः २००८ प्रमाणपत्र प्राप्त शैक्षिक परामर्श दिने संस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप