खोटाङका नेता शिक्षकले राजीनामा दिन थाले
मङ्गलबार, २१ मङ्सिर २०७३, १४ : २७
खोटाङ- खोटाङमा शिक्षा क्षेत्रलाई राजनीतिरहित बनाउने अभियान थालिएपछि नेता शिक्षकको राजीनामा आउन थालेको छ । जिल्लाका कतिपय शिक्षकले विद्यालयलाई भन्दा राजनैतिक गतिबिधिलाई प्राथमिकता दिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्ष सहित जिल्ला शिक्षा कार्यालयले शिक्षालाई राजनीतिरहित बनाउने अभियान कडाईका साथ थालेपछि नेता शिक्षकको शिक्षकको राजिनामा आउन थालेको हो ।
जिल्ला शिक्षा कार्यालयले सर्वदलीय बैठक बोलाई शिक्षकलाई राजनीतिबाट टाढा राख्ने निर्णय गराएपछि नेता शिक्षकको राजीनामा आउन थालेको जिल्ला शिक्षा कार्यालय जनाएको छ ।
कांग्रेसका जिल्ला सदस्यका रुपमा रहेका राष्ट्रिय प्रजातन्त्र आधारभूत बिद्यालय ऐसेलुखर्क–८ दिम्मापातेलका शिक्षक जीवनाथ दाहालले आईतबार शिक्षण पेशाबाट राजीनामा दिएका छन् । उनको राजीनामा पुस १ गतेबाट लागू हुनेगरी शिक्षा कार्यालयले स्वीकृत गरेको छ । शिक्षक र नेताको दोहोरो भूमीकामा नदेखिनका लागि राजीनामा दिएको शिक्षक दाहालको भनाई छ । जिल्ला शिक्षा कार्यालयले कार्तिक ३० गतेको सर्वदलीय बैठकमा शिक्षकलाई राजनितीबाट टाढा राख्नका लागि जिल्लास्थित दलका नेतालाई प्रतिबद्धता गराएको थियो ।
यसअघि, मादक पदार्थ सेवन गरेर बिद्यालय जाने, आर्थिक अनियमितता गर्ने २ प्रधानाध्यापक तथा २ शिक्षकहरुलाई जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले राजिनामा लेखाई सकेका छन् । यही महिना जिल्ला आएका जिशिअ नेपालले शैक्षिक बिकृति हटाउने भन्दै बिद्यालय अनुगमन तथा सुधारलाई तीब्रता दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म