आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

दरबारमार्ग बलात्कार काण्ड : घटना घट्दा 'बिदामा बसेको' भन्ने डिएसपी पनि तानिए

बुधबार, १७ माघ २०७४, १५ : १६
बुधबार, १७ माघ २०७४

काठमाडौं–राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारको घटना गुपचुप मिलाएको केसमा महानगरीय प्रहरी बृत्त  दरबारमार्गका डिएसपी तानिएका छन् । घटना हुँदा आफू बिदामा बसेको बताउँदै आएका डिएसपी तिलक भारतीलाई पनि छानबिनका लागि  महानगरीय प्रहरी परिसर काठमाडौ तानिएको छ ।  

उनीमाथि पनि अनुसन्धानका लागि महानगरीय प्रहरी  परिसर काठमाडौं तानिएको  प्रहरी  प्रधान कार्यालय स्रोतले जनाएको छ ।  उनको ठाउँमा दरबारमार्ग बृत्तमा कसलाई पठाउने भन्नेचाहिँ  टुंगो लागेको छैन । 
माघ ७ गते राती आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी युवतीमाथि केटासाथी सहिततीन जना युवाले बलात्कार  गरेको भन्दै युवतीले उजुरी दिएकी थिइन् । 

 तर, प्रहरी बृत्त दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले गुपचुप बलात्कार जस्तो गम्भीर अपराधको घटना गुपचुप मिलाएको बताइँदै आएको थियो । तर, डिएसपीको पनि भूमिका शंकास्पद भएको भन्दै अनुसन्धानका लागि तानिएको प्रहरी स्रोतको भनाइ छ । 

यही विषयमा यसअघिनै महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानविन समिति गठन समेत भइसकेको छ । 

यस्तै प्रहरी प्रधान कार्यालयले घट्नामा संलग्न दरबारमार्ग वृत्तको मुद्धा शाखामा कार्यरत इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई नक्सालस्थित १ नम्बर गणमा सरुवा गरिसकेको छ । 

छानबिन समितिले दरबारमार्ग वृत्तका मुद्धा शाखामा कार्यरत सई चन्द्र भण्डारीमाथि समेत मिलेमत्तोको आशंकामा अनुसन्धान गरिरहेको छ । 

यसैबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि घटनबारे  चासो जनाउँदै  एसएसपी पूर्णचन्द्र जोशीको  संयोजकत्वमा छुट्टै छानबिन समिति गठन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप