प्रहरी नायव निरीक्षकमाथि जुवाडेको पैसा लुटेको आरोप
काठमाडौं–जनताको जीउधनको सुरक्षाको कसम खाएर राज्यको बर्दी लगाएका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)नै लुटपाटमा संलग्न भएको आरोप लागेको छ ।
काठमाडौंको कलंकीमा प्रहरीले नै जुवाखाल कब्जा गरेर खालको पैसा लुटेको आरोप लागेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले छानविन शुरु गरेको छ ।
सोमबार कलंकीको सगुन होटलमा महानगरीय प्रहरी प्रभाग कलंकीमा कार्यरत सई मदन बहादुर मल्ल र प्रहरी जवान मनोहर बुढाले जुवाडेलाई लखेटेर पैसा लिएर हिँडेको पीडितको आरोप छ ।
प्रहरी स्रोतका अनुसार मल्लले ४ लाख ५० हजार र प्रहरी जवान बुढाले १२ हजार नगद र मोवाईल लिएर मोटरसाईकलमा हिँडेका थिए ।
‘प्रहरी जवान मनोहर बुढालाई निलम्बन गरिसकेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) रविन्द्र धानकुले भने, ‘प्रनानी मदन मल्ललाई विभागीय कारवाहीका लागी महानगरीय प्रहरी कार्यालयमा लेखेर पठाएका छौं ।’
सोमबार मध्यान्ह सगुन होटलमा ३ पुरुष र दुई महिला तास खेलिरहेका थिए । त्यस्तोमा सिपाहीलाई बाईक चलाउन लगाएरसई मल्ल होटल पुगेका थिए ।
घटना घटेको केही घण्टापछि एकजना जुवाडे आफ्नो मोवाइल लिन महानगरीय प्रहरी वृत कालिमाटी पुगेका थिए । तर मोबाइल नभेटिएपछि घटना बाहिर आएको थियो ।
लगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीले सई मल्ललाई नियन्त्रणमा लिएर उनको साथमा फेला परेको १ लाख ३५ हजार नगद र केही डलर सहित महानगरीय प्रहरी परिसर काठमाडौंमा जिम्मा लगाएको थियो ।
यस्तै प्रहरी जवान मनोहर बुढाको साथबाट पनि १२ हजार नगद र एकथान मोवाईल बरामद गरिएको कालिमाटी वृतका एक अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँको यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा