चितवनमा हात्ती सफारीको आकर्षण, तर पश्चिमाको आतंक ! (फोटोफिचर)
नवलपरासी— नेपालको आर्थिक विकासमा पर्यटनको ठूलो महत्व छ । विश्वभरी नेपालको नाम लिने वित्तिकै हिमाल, ट्रेकिङ, माउन्टेनेरिङ मानिसको दिमागमा आँउछ ।
तर, अहिले नेपाल वाइल्ड लाइफ टुरिजमको लागि पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ । नेपाल वाइल्ड लाइफ टुरिजमको पायोनियर मुलुक हो तर विगत एक वर्षदेखि युरोप र अमेरिकाका पशुअधिकारकर्मीले हात्ती सफारी बिरुद्धको अभियान चलाएपछि चाहिँ केहि अन्योलता उत्पन्न भएको छ ।
पशुअधिकारकर्मीले हात्ती चढ्नु भनेको जनावरमाथि अत्याचार हो भन्दै अन्तराष्ट्रिय स्तरबाटै यसमा रोक लगाउन अभियान थालेका हुन् ।
अभियानअनुसार हात्ती सफारी बन्द भएमा नेपालमा वाइल्ड लाइफ टुरिजम ध्वस्त हुने नवलपरासीको अमलटारी स्थित टेम्पल टाइगर ग्रीन रिसोर्टका सञ्चालक वसन्तराज मिश्रले बताए ।
चितवन राष्ट्रिय निकुञ्ज वरिपरि २३० वटा भन्दा बढि होटलहरु सञ्चालित छन् । होटल व्यवसायीहरुले चितवन आउने पर्यटकलाई हात्तीमा नचढाउने हो भने कयौँले रोजगारीबाटै हात धुनुपर्ने अवस्था आउने बताइन्छ । किनकी यहाँको आकर्षण भनेकै हात्ती सफारी भएको मिश्र बताउँछन् ।
चितवनमा हात्ती सफारीका लागि वर्षेनी स्वदेश र बिदेशबाट लाखौँका संङ्ख्यामा पर्यटक निकुञ्ज आउने गर्छन् ।
वर्षा याममा राष्ट्रिय निकुन्ज भित्र गाडी नचल्ने हुँदा पर्यटक घुमाउन र अन्य काममा हात्ती कै प्रयोग हुने गरेको व्यवसायीहरु बताउँछन् ।
हात्तीमाथी कुनै नराम्रो व्यवहार नहुँदा पनि अधिकारकर्मीले नकरात्मक प्रचार गरिरहेको मिश्रले गुनासो गरे । अन्तराष्ट्रियस्तरमा फैलिएको प्रचारबारे नेपाल सरकार र सरोकारवाला निकायबाट पहल थाल्नुपर्ने उनको उनको माग छ ।
नेपालमा निजि र सरकारी स्तरमा करिब २५० हात्ती पलिएका छन् । एउटा हात्तीलाई दैनिक १५ किलो धान र सख्खरको आवश्यकता पर्छ । मिश्र भन्छन् – ‘हात्ती पाल्न निकै महगाे छ, वास्तवमा भन्नुपर्दा हात्तीले आफ्ना लागि कमाउँछ । यदि हात्तीको प्रयोग पर्यटनमा नहुने हो भने हात्तीलाई पाल्न सक्ने अवस्था रहन्न ।’
चितवन राष्ट्रिय निकुन्ज चितवनसहित नवलपरासी, पर्सा र मकवानपुरसम्म फैलिएको छ । निकुन्जले ९३२ वर्गकिलोमिटर क्षेत्रफल ढाकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
-
अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्