नवलपरासीको ३ स्थानमा कांग्रेसको अग्रता, एकमा माओवादी र एकमा लोकतान्त्रिक फोरम अगाडि
नवलपरासी–प्रदेश नम्बर ५ अन्र्तगत पर्ने नवलपरासीका ७ स्थानीय तह मध्ये २ स्थानीय तहको नतिजा सार्वजनिक भईसकेको छ भने केहि गाउँपालिकाहरुमा मत गणना अन्तिम चरणमा पुगेको छ ।
नवलपरासीको सुस्ता गाउँपालिकामा नेकपा एमालेले बिजय हासिल गरेको छ ।
एमालेका रामप्रसाद पाण्डे ३७११ मत प्राप्त गरि अध्यक्षमा बिजयी हुनुभएको हो । उहाको निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका हसबुद्धीन शेखले २९५२ मत प्राप्त गर्नुभयो । गाउँपालिकाको उपाध्यक्ष्मा पनि एमालेकैं ईन्दुकुमारी चौंधरी बिजयी हुनुभएको छ । उहाले ३५६५ मत प्राप्त गर्नुभयो । उहाको निकटतम प्रतिद्धन्दी काग्रेसका विमला ढुगाांनाले २८३७ मत प्राप्त गर्नुभयो ।
यसैगरि नवलपरासीको प्रतापपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यहां नेपाली कांग्रेसका राजकुमार शर्मा विजयी हुनु भएको हो भने उपाध्यक्षमा नेपाली कांग्रेसकै अञ्जुकुमारी चौधरी विजयी हुनुभएको हो । नेपाली कांग्रेसले अध्यक्षमा राजकुमार शर्माले ४४३६ र अञ्जुकमारी चौधरीले उपाध्यक्षमा ४ हजार ६ सय ८६ मत प्राप्त गरेको छ । यहा फोरम नेपाल (लोकतान्त्रिक) ले अध्यक्षका उमेद्वार खेमनारायण चैधरीले ३७२७ र उपाध्यक्षमा फोरम नेपाल (लोकतान्त्रिक) कै उमेद्वारले ३०८१ मत प्राप्त गरेको छ ।
प्रतापपुरमा वडा अध्यक्षमा नेपाली कांग्रेसले १, ५, ६, ७ र ९ मा जितेको छ । त्यस्तै नेकपा एमालेले वडा नं २, माओवादी केन्द्रले वडा नं. ३, फोरम नेपाल लोकतान्त्रिकले वडा नं. ४ मा जित हात पारेको छ । वडा नं. ८ मा भने स्वतन्त्र उम्मेद्वार काडिर अली विजयी हुनु भएको छ ।
बर्दघाट नगरपालिकामा काग्रेसको अग्रता कायम छ । बर्दघाटमा अहिले सम्मको गणनामा काग्रेसको ३७२७ मत छ भने एमालेको ३५३६ मत रहेको छ । यसैंगरि उपमेयरमा काग्रेसको ३७५० मत छ भने एमालेको ३५७७ मत छ ।
यता रामग्राम नगरपालिकामा काग्रेसको अग्रता छ त्याहा काग्रेसले मेयरमा २९४२ मत प्राप्त गरेको छ भने एमालेको मेयरमा २२७१ मत छ । यसैंगरि उपपमेयरमा काग्रेसको ३३०९ मत छ भने एमालेको उपमेयरमा १८५६ मत छ ।
उता सरावल गाँउपालिकामा लोकतान्त्रिक फोरमले अग्रता लिएको छ । फोरमले अध्यक्षमा २९८४ मत प्राप्त गरेको छ भने उपाध्यक्षमा २८०२ मत प्राप्त गरेको छ । यसैंगरि दोस्रो स्थानमा रहेको काग्रेसले अध्यक्षमा २०३५ र उपाध्यक्षमा २३५५ मत प्राप्त गरेको छ । एमालेले अध्यक्षमा १३४९ र उपाध्यक्षमा १३२१ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ११५८ प्रमुखमा र उपप्रमुखमा ११७६ मत प्राप्त गरेको छ ।
त्यस्तैं पाल्हीनन्दन गााउपालिकामा पनि नेकपा माओवादी केन्द्रको अग्रता छ । माओवादी केन्द्रले अध्यक्षमा २५७० र उपाध्यक्षमा २१३५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको काग्रेसले अध्यक्षमा २१५७ र उपाध्यक्षमा २७६५ मत प्राप्त गरेको छ । उपाध्यक्षमा काग्रेसको अग्रता छ ।
यता सुनवल नगरपालिकामा काग्रेसको अग्रता अझै पनि कायम छ , काग्रेसले प्रमुखमा ८५४३ मत प्राप्त गर्दा उसलाई एमालेले ७८९५ मतका साथ पछ्याईरहेको छ । त्यस्तैं उपप्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेको ८३७६ मत छ भने काग्रेसको ७५०७ मत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर