विद्यालय खोल्नभन्दा व्यवस्थापनमा प्राथमिकता
काठमाडौँ– शिक्षामन्त्री धनीराम पौडेलले नयाँ विद्यालय खोल्नेभन्दा पनि भएका विद्यालयको व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित भएको बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र सिकाइ समूहले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले अब जारी हुने नयाँ शिक्षा नियमावलीमा विद्यार्थी कम भएका सामुदायिक विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने र भएका विद्यालयमा गुणस्तरीय शिक्षाको सवाललाई प्राथमिकता दिइने बताए । हाल मुलुकभर करिब ३३ हजार सामुदायिक विद्यालय छन् ।
शिक्षा ऐन (आठौँ संशोधन), २०७३ बमोजिम शिक्षा मन्त्रालयले शिक्षा नियमावली संशोधनको अन्तिम तयारी गरेको जानकारी दिँदै मन्त्री पौडेलले सरोकार भएका पक्षको सुझाव लिएर कानुन र अर्थ मन्त्रालयको रायपछि अर्को साता मन्त्रिपरिषद्मा पेस गरिने बताए ।
उनले संविधान र सङ्घीयता बमोजिम शिक्षासम्बन्धी कानुन र संरचनामा परिवर्तनका लागि नयाँ शिक्षा ऐनको आवश्यकता औँल्याउँदै अधिकारमा आधारित शिक्षाको व्यवस्थाका लागि आफ्नो ध्यान जाने विश्वास व्यक्त गरे ।
शिक्षाविद् डा विष्णु कार्कीले विद्यालयलाई नियन्त्रण गर्नेभन्दा व्यवस्थापन गर्ने गरी नियमावली आउनुपर्ने बताए ।
शिक्षा मन्त्रालयका सहसचिव एवम् नियमावली मस्यौदा कार्यदलका संयोजक डा हरि लम्सालले आएका सबै सुझाव नियमावलीले समेट्न नसक्ने भएकाले ऐन नै परिमार्जन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म