'प्राविधिक शिक्षामा सरकारले गरेको लगानी उपलब्धीहीन’
काठमाडौं–प्राविधिक शिक्षामा सरकारले गरेको लगानीको खासै उपलब्धी नभएको सरोकारवालाहरुले औंल्याएका छन् ।
बुधबार काठमाडौंमा आर्थिक पत्रकार समाजले गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको क्षेत्रमा निजी क्षेत्रको संलग्नता विषयक छलफल कार्यक्रमका सहभागीहरुले सरकारले वार्षिक १५ अर्ब रुपैयाँ खर्च गरेपनि प्राविधिक शिक्षा तथा व्यवहारिक तालिमको क्षेत्रमा अपेक्षा अनुसार उपलब्धी नभएको बताएका हुन् । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) का उपाध्यक्ष कुलबहादुर बस्नेतले प्रत्यक्ष रुपमा रोजगारी सिर्जना नहुनेगरी शिक्षा र तालिमका नाममा हुने खर्च गर्न नहुने बताए । उनले राज्यले रोजगारीको सिर्जना नहुने ठाउँमा लगानी गर्नु गलत भएको बताए । उपाध्यक्ष बस्नेतले समयअनुसार पाठ्यक्रम परिमार्जन हुन नसक्दा शिक्षा आर्जन गरेपनि विद्यार्थी स्वरोजगार हुन नसकेको बताए ।
शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठ प्रसाद अर्यालले निजी र सरकारी क्षेत्रबाट भएको लगानी अनुसार प्राविधिक शिक्षा क्षेत्रमा खासै उपलब्धी हुन नसकेको बताए । उनले निजी र सरकारी क्षेत्रसँग समन्वय गरेर प्राविधिक शिक्षाको गुणस्तर सुधारका लागि प्राविधिक शिक्षा कोष स्थापना गर्न सरकारले गृहकार्य थालेको जानकारी दिए ।
सरकारले प्राविधिक क्षेत्रलाई प्राथमिकताका साथ लगानी गरेर समय अनुसार पाठ्यक्रम परिमार्जन गर्न सके उपलब्धीमुलक हुने सरोकारवालाहरुले औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म